गएको एक वर्षमा ८,८६१ घटनामा ७४५ जनाको मृत्यु


काठमाडौँ । गएको एक वर्षमा देशभर ८,८६१ विपद् सम्बन्धी घटनाहरू घटेका छन्, जसमा ७४५ जनाको मृत्यु भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

यी घटनामा ६९ जना बेपत्ता र १,७०२ जना घाइते भएका छन्। पहिरोबाट सबैभन्दा धेरै ३५१ जनाको ज्यान गएको छ भने बाढी, चट्याङ, र आगलागीले क्रमशः ९७, ७८ र ७७ जनाको ज्यान लिएको छ।

विपद्‌का कारण करिब १८ हजार ९९१ घरपरिवार प्रभावित भएका छन्। यस अवधिमा तीन अर्ब १३ करोड रुपैयाँ बराबरको आर्थिक क्षति भएको प्राधिकरणका प्रवक्ता रामबहादुर केसीले जानकारी दिए।

सबैभन्दा धेरै आगलागीका ४,१४५ घटना भएका छन् भने डढेलोका १,१९५ र पहिरोका १,००५ घटना देखिएका छन्।

२०८१ चैत्र ३१, आईतवार १५:१८ प्रकाशित
ट्रेन्डिङ समाचार