
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय पर्साले शान्ति सुव्यवस्था कायम राख्न वीरगन्ज महानगर र वरपरका क्षेत्रमा जारी निषेधाज्ञा (कर्फ्यु)को समय बढाएको छ।
शनिबार साँझ ७:३० बजेदेखि सुरु भएको कर्फ्यु आइतबार दिउँसो १२:०० बजेसम्म कायम गरिएको थियो।
तर, अवस्था अनुसार आज राति १२:०० बजेसम्म कर्फ्यु अवधि लम्ब्याइएको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिए।
२०८१ चैत्र ३१, आईतवार १३:४२ प्रकाशित