
काठमाडौँ। नेपाल प्रहरीका पूर्व महानिरीक्षक (आईजिपी) प्रदीप शम्शेर जबराको ७८ वर्षको उमेरमा शनिबार साँझ निधन भएको छ।
पारिवारिक स्रोतका अनुसार उनी लामो समयदेखि बिरामी थिए।
जबराले २०५७ असोजदेखि २०५९ पुससम्म नेपाल प्रहरीको नेतृत्व गरेका थिए। उहाँको अन्तिम संस्कार सोमबार बिहान ११ बजे पशुपति आर्यघाटमा गरिने जनाइएको छ।
२०८१ चैत्र ३१, आईतवार १३:२५ प्रकाशित