सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला १ लाख ८६ हजार ८ सय रुपैयाँ


काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य लगातार तेस्रो दिन पनि बढ्दै नयाँ रेकर्ड कायम भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला १ लाख ८६ हजार ८ सय रुपैयाँ पुगेको छ, जुन अघिल्लो दिनको तुलनामा १ हजार रुपैयाँले बढी हो।

यसअघि शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख ८५ हजार रुपैयाँ थियो। बिहीबारदेखि निरन्तर रूपमा मूल्य वृद्धि हुँदै आएको छ।

साथै, चाँदीको मूल्य पनि आज ५५ रुपैयाँले वृद्धि भई प्रतितोला १ हजार ९६० रुपैयाँमा कारोबार भइरहेको छ। अन्तर्राष्ट्रिय बजारमा भने सुनको मूल्य प्रतिऔंस ३,२३८ अमेरिकी डलर रहेको जनाएको छ।

२०८१ चैत्र ३१, आईतवार १२:२८ प्रकाशित
ट्रेन्डिङ समाचार