लोक सेवा विशेष : वस्तुगत प्रश्नोत्तर


काठमाडौँ

१. लेखा व्यवसायीहरूको चौथो राष्ट्रिय सम्मेलनका लागि तय गरिएको मिति कुन हो ?

 विसं २०८१ चैत्र २६–२७

–  सम्मेलनको नारा : ‘कर र सार्वजनिक वित्तीय व्यवस्थापनको आधुनिकीकरणमार्पmत अर्थतन्त्रको रूपान्तरण ।’

–  सम्मेलनमा राष्ट्रिय–अन्तर्राष्ट्रिय गरी करिब एक हजार जनाको सहभागिता रहेको ।

२. युरोपियन आउटडोर कन्जरभेसन एसोसिएसन नामक संस्थाले प्रकाशन गरेको सूचीमा उत्कृष्ट छ मा पर्न सफल नेपाली परियोजना कुन हो ?

–  नेपाली वन कुकुर संरक्षण परियोजना (सन् २०२५ मार्च)

–  यो लोपोन्मुख वन कुकुर विश्वमै दुर्लभ मानिन्छ । यसको सङ्ख्या ९४९ देखि २२१५ को बिचमा रहेको अनुमान गरिएको छ ।

–  नेपालमा यो प्रजाति कुनै समय अन्नपूर्ण संरक्षण क्षेत्रमा हराएको मानिन्थ्यो’ पछिल्ला केही वर्षमा गरिएको अध्ययनले सो प्रजाति पुनः देखा परेको बताइएको ।

–  मादी गाउँपालिका (कास्की) को क्षेत्रमा भेटिएको सो प्रजाति पुनः हराउन सक्ने अवस्थाप्रति संरक्षणकर्मी चिन्तित छन् ।

३.  नेपाल र थाइल्यान्डबिच सरकारी तथा गैरसरकारी क्षेत्रका आठ सम्झौतापत्रमा कहिले हस्ताक्षर भएको हो ?

 सन् २०२५ अप्रिल २

–  बिम्स्टेकको छैटौँ शिखर सम्मेलनका क्रममा प्रधानमन्त्री केपी शर्मा ओली र थाइल्यान्डका समकक्षी पेटोङटान शिनावात्राको उपस्थितिमा दुई देशका सरकारी र गैरसरकारी पक्षबिच सम्झौतापत्रमा हस्ताक्षर भएको ।

–  नेपाल र थाइल्यान्डबिच आर्थिक सहकार्य, पर्यटन, उड्डयन, व्यापार प्रवर्धन, लगानी विस्तार, कृषि उन्नयन, शिक्षा र स्वास्थ्य क्षेत्रको सुदृढीकरणसम्बन्धी विषयमा आठ वटा सम्झौता भएका ।

४. लुम्बिनीमा अन्तर्राष्ट्रिय उपकुलपति सम्मेलन कहिले सम्पन्न भएको हो ?

 विसं २०८१ चैत्र २०–२१

– लुम्बिनी बौद्ध विश्वविद्यालयको आयोजना, विश्वविद्यालय अनुदान आयोगको सहयोग र ग्लोबल युनिभर्सिटी नेटवर्कको सहकार्यमा अन्तर्राष्ट्रिय उपकुलपति सम्मेलन र न्युज (पूर्व, पश्चिम, उत्तर, दक्षिण) सम्मेलन सम्पन्न भएको ।

–  उद्घाटन : प्राडा शिवराज अधिकारी (उपाध्यक्ष : रायोआ)

५.  जापानले भविष्यमा आउन सक्ने सङ्क्रामक रोगबाट बच्ने तयारीका लागि नयाँ अनुसन्धान संस्थाको स्थापना कहिले गरेको हो ?

 सन् २०२५ अप्रिल १

–  जापान स्वास्थ सुरक्षा संस्था (जेआइएचएस) नामक सो संस्थाले अप्रिल १ देखि काम सुरुवात गरेको ।

संस्थाका कार्यहरू :

–  सङ्क्रामक रोगको सूचना सङ्कलन गरेर तिनको जोखिम मूल्याङ्कन,

–  सङ्क्रमणको जोखिमको स्तरबारे संस्कारलाई सूचित गराउने,

–  महामारीको स्थिति आएमा सरकारसँग मिलेर औषधी

तथा खोपको विकास गर्ने र उपचारका लागि मार्गनिर्देश तयार गर्ने ।

६. म्यानमारमा साढे तीन हजारभन्दा बढी मानिसको ज्यान जाने गरी विनाशकारी भूकम्प कहिले भयो ?

 सन् २०२५ मार्च २८ (७.९ म्याग्निच्युड)

–  देशभर भवन र पूर्वाधारमा क्षति पुर्‍याएको उक्त भूकम्पमा परी साढे चार हजार जना घाइते तथा २२० जना बेपत्ता भएको जनाइएको ।

–  सो भूकम्पले ३० लाखभन्दा बढी मानिस प्रभावित भएको हुन सक्ने संयुक्त राष्ट्रसङ्घले अनुमान गरेको ।

७. युद्धविराम सम्झौता भएको करिब दुई महिनापछि इजरायलले गाजामा पुनः आक्रमणको सुरुवात कहिले गरेको हो ?

 सन् २०२५ मार्च १८

८. हेमराज पहारी स्मृति पुरस्कार–२०८० बाट सम्मानित हुने स्रष्टा को हुन् ?

 साहित्यकार सरुभक्त (विसं २०८१ चैत्र)

–  सरुभक्त नगद एक लाख र ताम्रपत्रसहित सम्मानित भएका ।

–  पाँच दशकदेखि नेपाली साहित्यमा क्रियाशील सरुभक्तका चार दर्जनभन्दा बढी कृति प्रकाशित छन् ।

 ९. लेखक एवं वरिष्ठ पत्रकार भैरव रिसालको निधन कहिले भएको हो ?

 विसं २०८१ चैत २४ (९७ वर्षको उमेरमा)

–  जन्म : विसं १९८५ साउन २९, गुण्डु, भक्तपुर

–  बाबु/आमा : गोबर्धन/गणेशकुमारी रिसाल

–  आबद्धता : रासस, राष्ट्रिय तथ्याङ्क कार्यालयमा सेवा गर्नुका साथै राससबाट अवकाशपछि वातावरण पत्रकारिता र रेडियो सगरमाथामा आबद्ध रिसाल लामो समयसम्म पत्रकारितामा नै सव्रिmय रहँदै आउनुभएको ।

–  प्रमुख कृति : साधुलाई सुली, लोग्नेस्वास्नी, केही मित्रका चिठी, भैरव दाइलगायतका कृति प्रकाशित ।

–  उहाँकी श्रीमती सुशीला रिसाल, दुई छोरा, दुई छोरी हुनुहुन्छ ।

१०. अन्तरव्यवस्थापिका सङ्घ (आइपियु) को दिगो विकास स्थायी समितिमा एसिया–प्रशान्त क्षेत्रबाट निर्वाचित हुन सफल व्यक्तित्व को हुनुहुन्छ ?

 डा. अञ्जान शाक्य (राष्ट्रिय सभा सदस्य), सन् २०२५

–  अन्तरव्यवस्थापिका सङ्घको १५० औँ वार्षिक सभा तथा असंलग्न आन्दोलन संसदीय सञ्जालको चौथो शिखर सम्मेलनका क्रममा उहाँ निर्वाचित हुनु भएको ।

–  सो सम्मेलन उज्बेकिस्तानको राजधानी तास्केन्टमा सम्पन्न भएको ।

–  नेपालले पहिलो पटक यो मञ्चमा आफ्नो उपस्थिति जनाएको ।

२०८१ चैत्र २९, शुक्रबार १२:४५ प्रकाशित
ट्रेन्डिङ समाचार