लोक सेवा विशेष : वस्तुगत प्रश्नोत्तर


काठमाडौँ।

१.  बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को छैटौँ शिखर सम्मेलन कहिले र कहाँ सम्पन्न भएको हो ?

  सन् २०२५ अप्रिल ४, बैङ्कक (थाइल्यान्ड)

–  बिम्स्टेकको पहिलो भिजन दस्ताबेज ‘बिम्स्टेक बैङ्कक भिजन २०३०’ अनुमोदन ।

–  यस क्षेत्रको व्यापार विस्तार, सम्पर्क सञ्जाल र मानवीय सुरक्षालाई केन्द्रमा राखेर सम्मेलनले ‘समृद्ध, लचिलो र खुला’ बिम्स्टेक नारा अन्तर्गत बिम्स्टेक बैङ्कक भिजनसहित छ बुँदे प्रस्ताव पारित गरेको ।

छ बुँदे प्रस्तावमा समेटिएका विषयहरू :

१.  बिम्स्टेकलाई प्रभावकारी बनाउन कार्यमुखी संयन्त्र गठन,

२.  बिम्स्टेकको भविष्य निर्धारणका लागि प्रबुद्ध व्यक्तिहरूको समूह (इपिजी) गठन,

३.  समुद्री यातायात सहयोगसम्बन्धी म्यारिटाइम ट्रान्सपोर्ट सम्झौता,

४.  भूकम्पबाट प्रभावित म्यानमार र थाइल्यान्डलाई सहयोग गर्ने विषयसहितको संयुक्त वक्तव्य,

५.  पर्यटन र संस्कृतिलाई प्राथमिकता,

६.  जनता–जनताको सम्पर्क विस्तार ।

– शिखर सम्मेलनमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसहित सदस्य मुलुकका सरकार प्रमुखद्वारा सम्बोधन गरिएको ।

२.  मैनाली कथा सम्मान–२०८१ बाट सम्मानित हुने स्रष्टा को हुन् ?

 कथाकार रत्न कोजु

–  त्यसै गरी, भानु तुलसीदास सम्मान डा.राजेन्द्र विमललाई प्रदान गरिएको ।

३.  विश्व बैङ्कद्वारा सन् २०२५ अप्रिल ३ मा सार्वजनिक प्रतिवेदन अनुसार आव २०८१/८२ मा नेपालको आर्थिक वृद्धिदर कति कायम हुने अनुमान छ ?

 ४.५ प्रतिशत

–  विश्व बैङ्कद्वारा सार्वजनिक नेपाल विकास नामक प्रतिवेदन अनुसार आन्तरिक व्यापार, जलविद्युत् तथा धान उत्पादनको वृद्धिले अर्थतन्त्रको सुधारमा सहयोग पुग्ने उल्लेख गरिएको ।

–  गत आव यस्तो वृद्धिदर ३.९ प्रतिशत थियो ।

–  आगामी दुई आवमा नेपालले औसत ५.४ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने वल्र्ड बैङ्कको प्रक्षेपण रहेको ।

–  नेपाल विकास प्रतिवेदन विश्व बैङ्कले वर्षमा दुई पटक प्रकाशित गर्ने गर्छ ।

४.  किराँती प्रथम राजा यलिहाङ (यलम्बर) को सालिक कहाँ निर्माण गरिएको छ ?

 बुइपा, खोटाङ

–  दिक्तेल–रूपाकोट–मझुवागढी नपा–१४ बुइपामा ११० फिट अग्लो सालिक निर्माण गरिएको । सालिकसँगै पार्क निर्माण गरिएको ।

–  बुइपा खोटाङको पुरानो व्यापारिक केन्द्र हो ।

५.  प्रधानमन्त्री केपी शर्मा ओली थाइल्यान्डको औपचारिक भ्रमण तथा बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को छैटौँ शिखर सम्मेलनमा सहभागी हुन कहिले थाइल्यान्ड प्रस्थान गर्नुभएको हो ?

 विसं २०८१ चैत्र १९ (स्वदेश फिर्ता : चैत्र २३)

–  थाइल्यान्डका प्रधानमन्त्री पेटोङटार्न सिनाबात्राको मैत्रीपूर्ण निमन्त्रणामा थाइल्यान्डको औपचारिक भ्रमण र बिम्स्टेकको छैटौँ शिखर सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली बैङ्कक पुग्नुभएको । दुई देशीबिच कूटनीतिक सम्बन्ध स्थापना भएको ६५ वर्ष पछि नेपालका प्रधानमन्त्रीको यो पहिलो औपचारिक भ्रमण हो ।

–  प्रधानमन्त्री ओली चैत्र २२ (४ अप्रिल, २०२५) मा बिम्स्टेक शिखर सम्मेलनमा सहभागी हुनुभएको ।

६.  नेपाल विद्यापति पुरस्कार कोषले ‘नेपाल विद्यापति मैथिली भाषा साहित्य पुरस्कारबाट कसलाई सम्मानित गर्‍यो ?

– मैथिली विकास कोष र प्रा. भोला झा

–  नेपाल विद्यापति मैथिली कला संस्कृति पुरस्कार : रामकुमार मण्डल र दीपा मिथिला आर्ट ग्यालरी

–  नेपाल विद्यापति मैथिली अनुसन्धान पुरस्कार : विनोदकुमार यादव र मालाकुमारी कर्ण

–  नेपाल विद्यापति मैथिली पाण्डुलिपि पुरस्कार : श्यामसुन्दर शशि र काशीकान्त झा

–  नेपाल विद्यापति अनुवाद पुरस्कार : विद्याधर झा र श्यामसुन्दर यादव

७.  नवनिर्मित धरहरा अस्थायी रूपमा कहिलेदेखि सञ्चालनमा आएको हो ?

–  विसं २०८१ असोज ३

–  संविधान दिवसको अवसर पारी विसं २०८१ असोज ३ देखि अस्थायी रूपमा सञ्चालनमा आएको ।

–  विसं २०८१ भाद्र २७ को मन्त्रीपरिषद् बैठकले सोसम्बन्धी निर्णय गरेको थियो ।

–  धरहरा सञ्चालनको जिम्मेवारी सङ्घीय सरकारको सहरी विकास मन्त्रालयलाई दिइएको ।

–  बाहिरबाट हेर्दा पहिलाकै डिजाइनको ११ तलाजस्तो देखिने धरहरामा भित्री संरचना २२ तलायुक्त छ ।

–  यसको उचाइ जमिनबाट ८३.५८ मिटर छ ।

–  १९९० सालको भूकम्पअघि धरहरा ११ तला अग्लो थियो । त्योबेला दुई तला भत्किएर नौ तलामा सीमित बनेको थियो ।

–  विसं २०७२ को भूकम्पले भत्किएको पुरानो धरहरा संरचना भग्नावशेष खुला रूपमा अवलोकन गर्न सकिने गरी सुरक्षित राखिएको छ ।

–  धरहरा टावरमुनि तीन तले भूमिगत पार्किङ बनाइएको छ ।

८. विश्व स्वास्थ्य दिवस कहिले मनाइन्छ ?

– अप्रिल ७

–  सन् २०२५ को नारा : हेल्दी बिगिनिङ, होपफुल फ्युचर ।

–  विश्व स्वास्थ्य सङ्गठनद्वारा सन् १९४८ मा आयोजित पहिलो विश्व स्वास्थ्य सम्मेलनले सन् १९५० देखि लागु हुने गरी प्रत्येक वर्षको अप्रिल ७ लाई विश्व स्वास्थ्य दिवसका रूपमा मनाउने निर्णय गरेको थियो ।

–  सन् १९४८ मा विश्व स्वास्थ्य सङ्गठन स्थापना भएको दिन र विश्वभरका मानिसले सामना गरिरहेका स्वास्थ्य समस्याको बारेमा चेतना जगाउने उद्देश्यका साथ यो दिवस मनाउँदै आइएको ।

९.  नेपाल राष्ट्रबैङ्कको कामु गभर्नरको जिम्मेवारी कसलाई दिइयो ?

–  वरिष्ठ डेपुटी गभर्नर निलम ढुङ्गाना तिम्सिना (विसं २०८१ चैत्र २५ मा)

(राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले विसं २०८१ चैत्र २२ देखि नै बिदा लिइसकेका ।)

२०८१ चैत्र २८, बिहीबार १२:३९ प्रकाशित
ट्रेन्डिङ समाचार