
काठमाडौँ। मानव बेचबिखन र ओसारपसार मुद्दाका फरार प्रतिवादी २१ वर्षीय निरज ढकाल पक्राउ परेका छन्। उनी गोरखा नगरपालिका-११ का निवासी हुन्।
प्रहरीका अनुसार, जिल्ला अदालत काठमाडौँको मंसिर ५ गतेको फैसलाले उनलाई ५ वर्षको कैद र २५ हजार रुपैयाँको जरिवाना सजाय ठहर गरेको थियो। पछि उनी फरार भएका थिए।
मानव बेचबिखन ब्युरो बबरमहबाट खटिएको प्रहरी टोलीले मङ्गलबार गोरखा नगरपालिकामा उनलाई पक्राउ गरेको हो। अब उनलाई फैसलाको कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालतमा पेस गरिएको छ र अदालतको आदेशपछि उनलाई कारागार कार्यालय डिल्लीबजार पठाइएको छ।
२०८१ चैत्र २८, बिहीबार ११:४९ प्रकाशित