
काठमाडौँ।
१. विश्व बैङ्कले सन् २०२५ मार्च २४ मा सार्वजनिक गरेको प्रतिवेदन अनुसार नेपालको तीन दशकको आर्थिक वृद्धिदर कति रहेको छ ?
४.२ प्रतिशत
– प्रतिवेदन अनुसार सन् १९९६ देखि २०२३ सम्मको अवधिमा नेपालको आर्थिक वृद्धिमा विप्रेषणको महत्वपूर्ण भूमिका रहेको । तथापि छिमेकी राष्ट्रहरूको तुलनामा भने यो वृद्धिदर कमजोर देखिएको ।
– दक्षिण एसियाका आठ राष्ट्र मध्ये नेपालको आर्थिक वृद्धिदर छैटौँ स्थानमा रहेको ।
– निर्यातमा गिरावट, औद्योगिक क्षेत्रमा सुस्तता र न्यून उत्पादकत्व जस्ता संरचनागत चुनौतीका कारण नेपालको अर्थतन्त्र पछाडि धकेलिनुका साथै गैरकृषि क्षेत्रमा रोजगारी सिर्जना सुस्त रहेको जस्ता कारण उल्लेख गरिएको ।
– गरिबी न्यूनीकरणमा नेपालको सफलता उल्लेखनीय रहेको ।
– १६ औँ आवधिक योजनाले सन् २०२९ सम्म वार्षिक ७.१ प्रतिशतको जिडिपी वृद्धिको अनुमान गरेको ।
– नेपालको सन् २०१७/१८ को श्रम शक्ति सर्वेक्षण अनुसार स्वदेश फर्किएका आप्रवासीमध्ये १४.३ प्रतिशत बेरोजगार रहेको र ४१.५ प्रतिशत श्रमबजार बाहिरै रहेको देखिएको ।
२. वल्र्ड ह्यापिनेस रिपोर्ट–२०२५ अनुसार विश्वमा सबैभन्दा धेरै खुसी देशको शीर्ष स्थानमा कुन राष्ट्र रहेको छ ?
फिनल्यान्ड
– सो प्रतिवेदन अनुसार नेपाल दक्षिण एसियाको सबैभन्दा खुसी देशको शीर्ष स्थानमा परेको ।
३. दसौँ राष्ट्रिय खेलकुदको मस्कट के हो ?
रेड पान्डा (हाब्रे)
– २०८१ चैत्र ५ मा लोगो र मस्कट सार्वजनिक गरिएको ।
– लोगोमा कर्णाली नदी, नेपालको झन्डा, सात प्रदेश र खेलाडी, हिमाल, पहाड र तराई तथा शान्तिको प्रतीक परेवा समेटिएको ।
– लोगो र मस्कट दुवै विकास तमकुजुले तयार गर्नुभएको ।
– १० औँ राष्ट्रिय खेलकुद २०८२ जेठ ३–१० सम्म कर्णाली प्रदेशमा हुने भएको ।
४. निक साइमन्स अवार्ड २०२४ बाट सम्मानित हुने व्यक्तित्व को हुन् ?
जनस्वास्थ्य निरीक्षक रविन थापा (धादिङको ज्वालामुखी गापा ढोला स्वास्थ्य चौकीमा कार्यरत)
५. दक्षिण एसियाली किसान सम्मेलन कहिले र कहाँ सम्पन्न भएको हो ?
विसं २०८१ चैत्र ७–८ (सन् २०२५ मार्च २०–२१), काठमाडौँ
– जलवायु सङ्कटको प्रभावबाट किसान र उनीहरूको जीविकोपार्जनको सुरक्षामा जोड दिँदै सम्मेलन सम्पन्न भएको ।
– दक्षिण एसियाका २६, २७ वटा किसान सङ्गठनका प्रतिनिधि सहभागी सम्मेलनले किसानको खाद्य सम्प्रभुता, जलवायु न्याय र अधिकार सुनिश्चित गर्न बहुराष्ट्रिय निगम र वित्तीय संस्थाहरूका जनविरोधी नीतिविरुद्ध सङ्घर्षलाई सशक्त बनाउने आह्वानसहितको घोषणा जारी गरेको ।
– सम्मेलनमा नेपाल, भारत, बङ्गलादेश, पाकिस्तान, श्रीलङ्का, भुटान, माल्दिभ्स र अफगानिस्तानका किसान नेताहरूको सहभागिता रहेको ।
– सम्मेलनले दक्षिण एसिया किसान महासङ्घमा डा. प्रेम दङ्गालको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको ।
६. नेपाल कहिलेबाट अल्पविकसित राष्ट्र समूहबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुने भएको छ ?
सन् २०२६ नोभेम्बर
७. १७ औँ संस्करणको धर्मश्री शारीरिक सुगठन प्रतियोगिताको उपाधि विजेता खेलाडी को हुन् ?
उमेश राई
– गोर्खाली फिटनेसका राईले ग्यालेक्सी फिटनेसका ललित धिमाललाई पछि पार्दै उपाधि जितेका ।
– उपाधि जितेसँगै उनले व्यक्तिगत विधातर्फ नेपालकै सर्वाधिक धनराशि पुरस्कार १२ लाख र ट्रफी प्राप्त गरेका ।
– त्यस्तै उपविजेता धिमालले नगद छ लाख एवं तृतीय भएका दाङका माधव सुवेदीले नगद तीन लाख प्राप्त गरेका ।
८. भारतको जयपुरमा सम्पन्न (सन् २०२५) मा २५ औँ संस्करणको आइफा अवार्डमा सर्वोत्कृष्ट अवार्डको उपाधि जित्न सफल चलचित्र कुन हो ?
लापता लेडिज
– आइफाले सिल्भर जुब्ली मनाउँदै सन् २०२४ मा रिलिज भएका तथा डिजिटल प्लेटफर्ममा रिलिज भएका फिल्म र वेब शिरिजलाई विभिन्न विधामा अवार्ड प्रदान गरेको ।
– फिल्म लापत्ता लेडिजले सर्वाधिक ११ अवार्ड जितेको ।
सर्वोत्कृष्ट फिल्म : लापता लेडिज
सर्वोत्कृष्ट अभिनेता : कार्तिक आर्यन (भुलभुलैया ३)
सर्वोत्कृष्ट अभिनेतृ : नितान्सी गोयल (लापता लेडिज)
सर्वोत्कृष्ट सहअभिनेता : रवि किसन (लापता लेडिज)
सर्वोत्कृष्ट सहअभिनेतृ : छाया कदम (लापता लेडिज)
सर्वोत्कृष्ट नवअभिनेतृ : प्रतिभा रान्ता (लापता लेडिज)
सर्वोत्कृष्ट निर्देशक : किरण राव (लापता लेडिज)
– आइफा डिजिटल अवार्डतर्फ अमर सिंह चमकिला सर्वोत्कृष्ट फिल्म घोषित भएको ।
९. वरिष्ठ पत्रकार माथवरसिंह बस्नेतको निधन कहिले भएको हो ?
विसं २०८१ चैत्र ९