सुन-चाँदीको मूल्यमा वृद्धि


काठमाडौँ । नेपाली बजारमा आज सुन र चाँदीको मूल्यमा वृद्धि भएको छ। मंगलबार घटेको सुनको मूल्य आज एकैदिनमा दुई हजार रूपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७५ हजार ४ सय रूपैयाँमा कारोबार भइरहेको छ। यसअघि मंगलबार यो मूल्य एक लाख ७३ हजार ४ सय रूपैयाँमा कारोबार भएको थियो।

साथै, चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला एक हजार आठ सय ३५ रूपैयाँमा कारोबार भइरहेको छ, जुन मंगलबारको तुलनामा पाँच रूपैयाँ बढी हो। मंगलबार चाँदीको मूल्य एक हजार आठ सय ३० रूपैयाँ थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य अहिले प्रतिऔंस तीन हजार १४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

२०८१ चैत्र २७, बुधबार १२:०६ प्रकाशित
ट्रेन्डिङ समाचार