
काठमाडौँ।
१. अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा आवासीय अनुमति प्रदान गर्न घोषणा गरेको नयाँ योजना कुन हो ?
गोल्डन कार्ड
– ५० लाख अमेरिकी डलरमा यो कार्ड लिन सकिने ।
– परम्परागत ग्रिनकार्डको महँगो संस्करणका रूपमा गोल्डन कार्डलाई प्रस्तुत गरिएको ।
– आफ्नो दोस्रो कार्यकालको पहिलो प्राथमिकतामा लाखौँ गैरकानुनी आप्रवासीलाई देश निकाला गरेका ट्रम्पले नयाँ कार्डले अधिक मूल्यवान् एवं धनवान् व्यक्तिलाई अमेरिका भिœयाउने दाबी गरेका ।
– गोल गार्डले हाल लागु ‘इबी–५’ आप्रवासन भिसालाई विस्थापित गर्ने छ ।
२. बङ्गलादेशमा विद्यार्थी नेतृत्वमा गठित नयाँ पार्टी कुन हो ?
राष्ट्रिय नागरिक पार्टी
– कहिले : सन् २०२५ फेब्रुअरी २७
– कसको नेतृत्वमा : नाहिद इस्लाम
– औपचारिक घोषणा : सन् २०२५ फेब्रुअरी २८
बङ्गलादेशमा गत जुलाईमा भएको आन्दोलनको नेतृत्व गरेका विद्यार्थी नेताहरूले नयाँ पार्टी खोलेका ।
३. जर्मनीको बर्लिनमा प्यासिफिक एरिया ट्राभल राइटर्स एसोसिएसन (पाटवा) द्वारा आयोजित वल्र्ड टुरिजम एन्ड एभिएसन समिट–२०२५ को अवसरमा ‘टुरिजम मिनिस्टर अफ दी एयर’ अवार्डबाट सम्मानित नेपालका मन्त्री को हुन् ?
बद्रीप्रसाद पाण्डे (संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री)
– हिमालयन क्षेत्रका मुलुकबाट वर्षको उत्कृष्ट पर्यटनमन्त्री पुरस्कार प्रदान गरिएको ।
– सन् १९९९ देखि आइटिबी बर्लिनको वार्षिक समारोहमा प्रदान गरिँदै आएको यो अवार्ड पर्यटन क्षेत्रमा विशेष योगदान गरेको मुलुकका पर्यटनमन्त्रीलाई प्रदान गर्ने गरिएको ।
४. भारतको प्रयागराजमा सञ्चालित (सन् २०२५) महाकुम्भ मेलामा कति श्रद्धालु महानुभावहरूद्वारा स्नान गरिएको आकलन छ ?
६६ करोड
५. प्रथम राष्ट्रिय बाँस सम्मेलनको आयोजना कहिले गरिएको हो ?
विसं २०८१ फागुन १५–१७ (दिक्तेल, खोटाङ)
– जहाँ बाँस त्यहाँ जीवन, जहाँ जीवन त्यहाँ बाँस भन्ने नाराका साथ सम्मेलन आयोजना भएको ।
६. भीम विराग राष्ट्रिय सङ्गीत पुरस्कार २०८१ कसलाई प्रदान गरियो ?
गायक हेमन्त शर्मा
७. सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कसलाई नियुक्त ग¥यो ?
हितेन्द्रदेव शाक्य
(२०८१ चैत्र ११ को मन्त्रीपरिषद् बैठकले शाक्यलाई सो पदमा नियुक्त गरेको ।)
८. सगरमाथा संवादको आयोजना कहिले गरिने भएको छ ?
विसं २०८२ जेठ २–४
– जलवायु परिवर्तनका विषयमा पर्वतीय र तटीय मुलुकले झेल्नु परेका समस्या विश्व समुदायसमक्ष प्रश्तुत गर्ने उद्देश्यले सरकारले सो कार्यव्रmम आयोजना गरेको ।
– विषय (शीर्षक) : जलवायु परिवर्तन, पर्वतीय र मानव जीवनको भविष्य ।
– संवादमा विभिन्न देशका ३५० भन्दा बढी उच्च पदस्थ अधिकारीहरूलाई निमन्त्रण पठाइएको ।
– सगरमाथा संवादमार्फत जलवायु परिवर्तनको मुद्दा जोडतोडले उठाइने ।
– सरकारको नीति तथा कार्यक्रममा उच्च प्राथमिकता दिइने ।
९. बहुलेखकद्वारा पुस्तक वाचनमा सबैभन्दा धेरै सहभागी भएको नयाँ विश्व कीर्तिमान कायम गर्ने लेखक को हुन् ?
लेखकद्वय प्रेम रावत र विपुल रिखी
– सन् २०२५ मार्च २ मा उत्तर प्रदेशको मिर्जापुरस्थित राजविद्या केन्द्रद्वारा आयोजित सो कार्यक्रममा १,३३,२३४ जना मानिसहरूको विशाल समूहलाई लेखकद्वयद्वारा सम्बोधन गरिएको ।
१०. सन् २०२५ मा दुवईमा सम्पन्न आइसिसी च्याम्पियन ट्रफी जित्ने राष्ट्र कुन हो ?
भारत
– भारतले न्युजिल्यान्डलाई चार विकेटले हराएर सो उपाधि जितेको ।
– भारत तेस्रो पटक च्याम्पियन ट्रफीको विजेता बनेको । यसअघि सन् २००२ र २०१३ मा पनि भारत विजेता बनेको थियो । सन् २००२ मा वर्षा बाधक बनेपश्चात् भारत र श्रीलङ्कालाई संयुक्त रूपमा विजेता घोषणा गरिएको थियो ।
११. विश्व बैङ्कले २०८१ चैत्र ११ मा सार्वजनिक गरेको ‘नेपाल राष्ट्रिय आर्थिक परिदृक्ष्य : नेपालको आर्थिक वृद्धिको सम्भावना खोल्दै’ नामक प्रतिवेदन अनुसार नेपालमा चरम गरिबी (दैनिक २.१५ अमेरिकी डलरभन्दा कम आय हुने) कति प्रतिशतमा झरेको छ ?
०.३७ प्रतिशत
– सन् १९९५ मा चरम गरिबी अर्थात् दैनिक २.१५ अमेरिकी डलरभन्दा कम आय हुनेको सङ्ख्या ५५ प्रतिशत थियो, जुन सन् २०२३ मा ०.३७ प्रतिशतमा झरेको ।
– यो तीन दशकमा नेपालले ५४.८ प्रतिशत विन्दुले चरम गरिबी घटाएको ।
– दैनिक २.१५ अमेरिकी डलरको अन्तर्राष्ट्रिय गरिबीको रेखा विश्व बैङ्कले तय गरेको । यस्तो रेखा सन् २०१७ को खरिद क्षमताका आधारमा तय गरिएको ।
– कति मानिस चरम गरिबीको रेखामुनि छन् भन्ने कुरा थाहा पाउन संसारभरका मानिसले यो रेखा प्रयोग गर्ने गर्छन् ।
– अहिलेको विनिमयदर अनुसार दैनिक तीन सय रुपियाँभन्दा कम आय हुने नेपाली चरम गरि
बीमा रहेको मानिन्छ ।
– गरिबी घटाउन सबैभन्दा ठुलो योगदान रेमिट्यान्सको रहेको प्रतिवेदनमा उल्लेख ।
– नेपालले अहिले गरिरहेको भन्दा १२ गुणा बढी निर्यात गर्न सक्नेमा त्यो गुमिरहेको पनि विश्व बैङ्कले उल्लेख गरेको ।