
काठमाडौँ। नेपाल राष्ट्र बैंकका वरिष्ठ डेपुटी गभर्नर निलम ढुंगाना तिम्सिनालाई कायम मुकायम गभर्नरको जिम्मेवारी दिइएको छ।
नेपाल राष्ट्र बैंक ऐन २०५८ को प्रावधान अनुसार, उपप्रधानमन्त्री र अर्थमन्त्री विष्णुप्रसाद पौडेलले तिम्सिनालाई यो जिम्मेवारी प्रदान गरेका हुन्। यसअघि, महाप्रसाद अधिकारीको २३ चैतमा कार्यकाल सकिएको थियो।
नयाँ गभर्नरको नियुक्तिका लागि सरकारले सिफारिस समिति गठन गरेको छ र समितिको सिफारिसमा आगामी गभर्नर चयन गरिनेछ।
२०८१ चैत्र २५, सोमबार १४:२७ प्रकाशित