सुनको मूल्य घट्दा, चाँदीको मूल्यमा वृद्धि


काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ७०० रुपैयाँले घटेर एक लाख ७३ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार सुनको मूल्य तोलामा १ लाख ७४ हजार ५०० रुपैयाँ थियो।

सुनको मूल्य गत चैत २१ गते सबैभन्दा उच्च स्तरमा पुगेर एक लाख ८० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

यसैगरी, चाँदीको मूल्य तोलामा ३० रुपैयाँले वृद्धि भएर एक हजार ८३० रुपैयाँ पुगेको छ। आइतबार चाँदीको मूल्य एक हजार ८०० रुपैयाँ थियो।

प्रतिक्रिया

ट्रेन्डिङ समाचार