
काठमाडौँ । शिक्षकहरूले आज काठमाडौंको माइतीघरमा सिटी जुलुस निकालेर शिक्षा ऐन जारी गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। सिटी बजाउँदै शिक्षकहरूले माइतीघरदेखि बानेश्वरसम्म मार्च गरेका छन्।
नेपाल शिक्षक महासंघको आह्वानमा निकालेको यो प्रदर्शन शैक्षिक ऐन र गुणस्तरीय विद्यालय शिक्षा लागू गर्नुपर्ने मागसहित गरिएको हो। शिक्षकहरूले चेतावनी दिएका छन् कि यदि चैत २५ गतेसम्म आफ्नो माग पूरा नगरिए शैक्षिक हड्ताल गर्ने तयारी गर्नेछन्।
शिक्षकहरू २०८१ माघ २० गतेदेखि यस आन्दोलनमा निरन्तर सहभागी छन्।
२०८१ चैत्र २४, आईतवार १४:३५ प्रकाशित