
मेष

मिथुन
कार्यक्षेत्रमा कडा परिश्रम गर्दा लाभ मिल्नेछ। बच्चाहरूलाई मौसमी बिमारीबाट जोगाउनुहोस्। आर्थिक पक्ष सामान्य रहनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ५ रहेको छ।
सिंह
अप्ठ्यारो परिस्थितिलाई सहज बनाउन सक्नुहुनेछ। व्यापार व्यवसायबाट मनग्य लाभ आर्जन गर्न सकिनेछ। वैदेशिक रोजगार सफल रहनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक २ रहेको छ।
तुला
कठिन कार्य सम्पादन गर्ने समय रहेको छ। सोचेका कार्यहरू सफल हुनेछन्। पिताको साथ र सहयोग मिल्नेछ। विद्यार्थीहरूको बौद्धिक क्षेत्रमा विकास हुनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक २ रहेको छ।
धनु
स्वास्थ्य सम्बन्धी चिन्ताले सताउनेछ। बोलिको विपरीत अर्थ लाग्न सक्छ। आकस्मिक धन लाभका योग छन्। अरुको लागि बुद्धि र श्रम खर्च गर्नुपर्ला। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ६ रहेको छ।
कुम्भ
मानसिक वा आर्थिक उल्झनहरू सुल्झिनेछन्। कार्यक्षेत्रमा सोचे अनुरूप कार्य मिल्नाले उत्साह जाग्नेछ। दाजुभाईमा आत्मीयता बढ्नेछ। आजको शुभ रंग गाढा निलो हो भने शुभ अंक ३ रहेको छ।
बृष
नोकरी वा पेशामा हतारमा कुनै निर्णय नलिनुहोला। धैर्य वा पराक्रममा वृद्धि हुनेछ। व्यापार र अध्ययनमा धेरै समय व्यतीत गर्न नसकिएला। प्रियजनहरूको भावना बुझ्ने चेष्टा गर्नुहोस्। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।
कर्कट
छोटो समयमा राम्रो उपलब्धि हासिल गर्न सकिनेछ। रोकिएका काम बन्नेछन्। प्रतिस्पर्धी र शत्रु हार खानेछन्। पारिवारिक जमघटको बिच स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ।
कन्या
आयआर्जनले नयाँ कामको योग बन्नेछ। व्यापार व्यवसायमा शुभचिन्तकहरूको साथ मिल्नेछ। मित्रहरूसँग मनोरंजनात्मक समय व्यतीत हुनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ६ रहेको छ।
बृश्चिक
धार्मिक व्यक्तिहरूबाट सहयोग मिल्नेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखार आउनेछ। शत्रुहरू पन्सिनेछन्। अध्ययनमा सफलता मिल्नेछ। आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक ४ रहेको छ।
मकर
कार्य क्षेत्रमा आफ्नो प्रभुत्व जमाउन सकिनेछ। मान्यजनको भेटघाटले नयाँ कार्यमा उत्साह जाग्नेछ। लाभ हुने कार्य प्रारम्भ गर्न सक्नुहुनेछ। पारिवारिक व्यापारमा लाभ मिल्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ४ रहेको छ।
मीन
व्यापार व्यवसायमा लगनशीलताले विभिन्न अवसरहरु दिलाउनेछ। कार्यक्षेत्रमा मेहनतको मूल्यांकन हुनेछ। पहिला गरिएका कामबाट धेरै लाभ आर्जन गर्न सकिनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अक ६ रहेको छ।