छात्रवृत्ति करार सेवाका स्वास्थ्यकर्मीलाई तलब भुक्तानी सुनिश्चित गर्न : मधेश प्रदेशका मुख्यमन्त्रीको निर्देशन


काठमाडौँ । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलेअस्पताल र स्थानीय तहमा कार्यरत छात्रवृत्ति करार सेवाका चिकित्सक र स्वास्थ्यकर्मीलाई लामो समयदेखि नपाएको तलब तुरुन्त भुक्तानी गर्न आदेश दिएका छन्।

मुख्यमन्त्री सिंहले प्रदेश सरकारको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई संघ सरकारबाट आवश्यक बजेट प्राप्त भइसकेको जानकारी दिँदै, तलब भुक्तानी प्रक्रिया छिट्टै पूरा गर्न निर्देशन दिएका छन्। उनले दुईदेखि तीन दिनभित्र तलब वितरण सुनिश्चित गर्न सम्बन्धित विभागलाई आग्रह गरेका छन्।

मुख्यमन्त्री सिंहले भविष्यमा करारमा कार्यरत स्वास्थ्यकर्मीहरूको तलब भुक्तानीमा कुनै ढिलाइ नहोस् भनेर विशेष सतर्कता अपनाउन पनि मन्त्रालयलाई आदेश दिएका छन्।

नेपाल चिकित्सक संघ, मधेश प्रदेश समितिले करार स्वास्थ्यकर्मीहरूको तलब समस्या समाधान गर्न मुख्यमन्त्रीको पहलको कदर गर्दै धन्यवाद व्यक्त गरेको छ।

२०८१ चैत्र २३, शनिबार १२:४२ प्रकाशित
ट्रेन्डिङ समाचार