
काठमाडौँ। नेपाल वायुसेवा निगम (नेवानि) ले मलेसिया स्टेसन प्रमुख (कन्ट्री म्यानेजर) को पदमा रमेश पौडेललाई नियुक्त गरेको छ। पौडेलले मलेसियाको राजधानी क्वालालम्पुरस्थित नेवानि कार्यालयमा शुक्रबारदेखि कार्यभार सम्हालेका छन्।
यसअघि उनी नेवानि को मार्केटिङ विभागमा प्रवक्ता थिए र युनाइटेड अरब इमिरेट्स (युएई) का कन्ट्री म्यानेजरको रुपमा पनि काम गरिसकेका छन्। उनलाई अब नेवानिको प्रवक्ताको जिम्मेवारी सुवास डाँगीले सम्हाल्ने भएका छन्।
पौडेलको अनुभव र नेतृत्व क्षमता नेवानिको लागि फाइदाजनक रहने अपेक्ष गरिएको छ।
२०८१ चैत्र २३, शनिबार १०:२९ प्रकाशित