
काठमाडौँ। सर्वोच्च अदालतले स्नातकोत्तर तहमा निजी मेडिकल कलेजको सिट घटाउने चिकित्सा शिक्षा आयोगको निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिएको छ।
चिकित्सा शिक्षा आयोगले निजी मेडिकल कलेजले केवल सरकारी मेडिकल कलेजसँग मात्र म्याचिङको सूचना प्रकाशित गरेको थियो।
यो निर्णय कार्यान्वयन रोक्नका लागि डा. सुजल न्यौपानेसहित १४ चिकित्सकहरूले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।
सर्वोच्च अदालतको न्यायाधीश सपना मल्लको एकल इजलासले उक्त निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गर्दै दुवै पक्षलाई चैत २६ गते छलफलका लागि बोलाएको छ।
२०८१ चैत्र २२, शुक्रबार १२:३७ प्रकाशित