
काठमाडौँ । नेपाली बजारमा शुक्रबार छापावाल सुन र चाँदीको मूल्य घटेको छ।
बिहीबारको तुलनामा सुनको मूल्यमा तीन हजार नौ सय रूपैयाँको गिरावट आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ७६ हजार ४ सय रूपैयाँमा कारोबार भइरहेको छ,।
जबकि बिहीबार यसको मूल्य १ लाख ८० हजार ३ सय रूपैयाँ थियो, जुन हालसम्मकै उच्च मूल्य थियो।
यसैगरी, चाँदीको मूल्य पनि घटेको छ। बिहीबार चाँदी प्रतितोला १ हजार ९९५ रूपैयाँमा कारोबार भएकोमा, शुक्रबार यो १ हजार ८ सय ७० रूपैयाँमा कारोबार भइरहेको छ। यो गिरावट १ सय २५ रूपैयाँको छ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य भने प्रतिऔंस ३१ सय ४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
२०८१ चैत्र २२, शुक्रबार ११:५५ प्रकाशित