लोक सेवा विशेष : वस्तुगत प्रश्नोत्तर


काठमाडौँ।

१. उपभोक्ता अदालतको स्थापना कहिले भएको हो ?

 विसं २०८१ चैत्र २

– विश्व उपभोक्ता दिवसको अवसर पारेर उपभोक्ता अदालत स्थापना गरिएको ।

– अदालतको स्थापनासँगै गुणस्तरहीन सेवा र वस्तुको प्रयोगबाट उपभोक्ता पीडित हुनुपर्ने अवस्था नआउने विश्वास गरिएको ।

– नेपाली बजारमा गुणस्तर व्यवस्थापन, मूल्य नियमन र उपभोक्ता गुनासोको सम्बोधन जस्ता क्षेत्रमा सुधार ल्याउन यसले प्रभावकारी भूमिका निभाउने अपेक्षा गरिएको ।

– सरकारले संविधानको धारा ४४ को मौलिकहक कार्यान्वयन गर्न २०७५ सालमा उपभोक्ता संरक्षण ऐन जारी गरेको थियो ।

२. महिला न्यायाधीशहरूको दोस्रो राष्ट्रिय सम्मेलन कहिले सम्पन्न भयो ?

 विसं २०८१ फागुन २६

– सम्मेलनले १२ बुँदे प्रतिबद्धतापत्र जारी गरेको ।

– सम्मेलनले यौन दुव्र्यवहारसम्बन्धी नीति बनाउनुपर्ने मागसहित महिला न्यायाधीशहरूको राष्ट्रिय सञ्जाल गठनका लागि प्रतिबद्धता व्यक्त गरेको ।

– अन्तर्राष्ट्रिय महिला न्यायाधीश दिवसको अवसर पारी सम्मेलन आयोजना गरिएको ।

– यसअघि गत चैत्र ९ गते प्रथम राष्ट्रिय सम्मेलन भएको थियो ।

३. स्विट्जरल्यान्डस्थित ‘आइक्यु एयर’ को विश्व गुणस्तर प्रतिवेदन–२०२४ अनुसार बढी प्रदूषित देशको सूचीमा नेपाल कति औँ स्थानमा रहेको छ ?

 सातौँ

– प्रतिवेदन अनुसार नेपाल विश्वमै सातौँ अति प्रदूषित मुलुक र काठमाडौँ शीर्ष आठौँ प्रदूषित राजधानीमा परेको ।

– नेपाल सन् २०२३ मा आठौँ र सन् २०२२ मा १६ औँ स्थानमा थियो ।

– सो प्रतिवेदन अनुसार काठमाडौँको हावामा धुलोधुवाँको कण पिएम–२.५ सरदरमा ४५.१ माइक्रोग्राम प्रतिघनमिटर रहेको । सन् २०२३ मा काठामाडौँ ११ औँ प्रदूषित राजधानीमा थियो ।

४. पाचौँ राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन कहिले सम्पन्न भएको हो ?

 विसं २०८१ फागुन २६ र २७, काठमाडौँ

– सम्मेलनको नारा : उत्पादन र उत्पादकत्व विस्तार, आन्तरिक रोजगारीको दिगो आधार ।

– सम्मेलनले आन्तरिक रोजगार प्रवर्धन दशकको सफल कार्यान्वयनका लागि आवश्यक रणनीति, कार्यनीति र कार्यक्रम कार्यान्वयन गर्नेलगायतको १६ बुँदे घोषणापत्र जारी गरेको ।

– सम्मेलनले सरकार, रोजगारदाता, ट्रेड युनियन र अन्तर्राष्ट्रिय संस्थाको सहभागितामा यससम्बन्धी रणनीति, कार्यनीति र कार्यक्रम कार्यान्वयन गर्ने गरी घोषणापत्र जारी गरेको ।

५. द एचआरएम अवार्ड फर कर्पोरेट एक्सिलेन्स–२०२४ बाट सम्मानित संस्था कुन हो ?

 एनसेल

– एनसेलले बहुराष्ट्रिय कम्पनीको विधामा उत्कृष्ट बन्दै सो अवार्ड प्राप्त गरेको ।

६. सरकारले घोषणा गरेको आन्तरिक रोजगार दशक कुन हो ?

 सन् २०२५–२०३५

– पाँचौँ राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन २०८१ को अवसरमा २०८१ फागुन २६ मा प्रम केपी शर्मा ओलीद्वारा आन्तरिक रोजगार प्रवर्धन दशक घोषणा गरिएको ।

– सो अवसरमा राष्ट्रिय सिप विकास प्रतिष्ठान र विभिन्न १० रोजगारदाता कम्पनीबिच रोजगारी समझदारीपत्रमा हस्ताक्षर भएको ।

– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार नेपाली श्रम बजारमा १५ देखि ६५ वर्ष उमेर समूहका करिब ६७ प्रतिशत श्रमशक्ति रहेको । तथापि वर्तमान समयको जनसाङ्ख्यिक लाभको अवस्थालाई आन्तरिक श्रम बजारले उचित प्रयोग गर्न नसकेको ।

– आव २०८०/८१ मा मात्रै सात लाख १४ हजार २९७ जना नेपाली जनशक्तिले श्रम स्वीकृति र पुन : श्रम स्वीकृति लिएको ।

– मन्त्रालयले यसअघि २०५४, २०६१, २०६९ र २०७६ मा गरी चार पटक रोजगार सम्मेलन गरेको ।

७. नागरिक लगानी कोषको स्थापना कहिले भएको हो ?

 विसं २०४७ चैत्र ४

– विसं २०८१ चैत्र ४ मा ३४ वर्ष पूरा गरी ३५ औँ वर्षमा प्रवेश गरेको ।

– पुँजीगत संरचना

अधिकृत पुँजी : रु. आठ अर्ब

जारी पुँजी : रु. आठ अर्ब

चुक्ता पुँजी : रु. छ अर्ब ४८ करोड १७ लाख

कोषको शेयर स्वामित्व

नेपाल सरकार : २३.३४ प्रतिशत

राष्ट्रिय बिमा संस्थान : ३१.५५ प्रतिशत

नेपाल स्टक एक्स्चेन्ज : १० प्रतिशत

अन्य बैङ्क तथा वित्तीय संस्था : १५.११ प्रतिशत

सर्वसाधारण : २०.०० प्रतिशत

८. ‘मिसन २०२६’ अभियान केसँग सम्बन्धित छ ?

 खेलकुद

– सन् २०२६ मा जापानमा आयोजना हुने २० औँ एसियाली खेलकुदमा स्वर्णसहित दोहोरो पदक ल्याउने उद्देश्यका साथ ‘मिसन २०२६’ अभियान सञ्चालन गरिएको ।

९. मदन भण्डारी कला–साहित्य प्रतिष्ठानको आयोजनामा ‘हिमवत्खण्ड कला–साहित्य–संस्कृति सम्मिलन’ कहिले सम्पन्न भएको हो ?

 विसं २०८१ चैत्र १–३, काठमाडौँ

– सम्मिलनमा भारत, चीन, बङ्गलादेश, म्यानमार, भुटान, थाइल्यान्डमा बस्ने नेपालीभाषीको सहभागिता रहेको ।

१०. महोत्तरीमा निर्माण गरिएको नेपाल पल्प एन्ड पेपर इन्डस्ट्रिजको उद्घाटन कहिले गरिएको हो ?

 विसं २०८१ फागुन २१

– आइएमई समूहद्वारा दुई अर्ब लगानीमा निर्मित सो उद्योग प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा उद्घाटन गरिएको ।

– उद्योगको दैनिक उत्पादन क्षमता ७० टन रहेको ।

– महोत्तरीको गौशालामा पेपर र रौतहटमा सिमेन्ट फाइबर बोर्ड उद्योग स्थापना गरेर आइएमई समूह उत्पादनमूलक उद्योगमा प्रवेश गरेको ।

– रौतहटको विजयपुर फतवामा ‘एभरेष्ट फाइबर बोर्ड’ उद्योग वैशाखदेखि सञ्चालनमा आउने । डेढ अर्ब लगानी रहने सिमेन्ट फाइबर बोर्डको उत्पादन क्षमता दैनिक ७० हजारदेखि एक लाख वर्गफिट रहेको ।

२०८१ चैत्र २१, बिहीबार १५:०७ प्रकाशित
ट्रेन्डिङ समाचार