
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य बिहीबार नयाँ रेकर्ड तोड्दै तोलाको १ लाख ८० हजार ३०० रुपैयाँ पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो हालसम्मकै उच्च मूल्य हो।
अघिल्लो दिनको तुलनामा सुनको मूल्यमा १ हजार २ सय रुपैयाँको वृद्धि भएको हो। यसअघि, १९ चैतमा सुनको मूल्य १ लाख ७९ हजार ७०० रुपैयाँ रहेको थियो।
यस बीचमा चाँदीको मूल्य भने गिरावट आएको छ, जुन तोलाको १ हजार ९९५ रुपैयाँमा कारोबार भएको छ। बुधबार चाँदीको मूल्य २ हजार २० रुपैयाँ रहेको थियो।
२०८१ चैत्र २१, बिहीबार १३:४७ प्रकाशित