शाखा अधिकृतको लिखित परीक्षाको लागि केन्द्र निर्धारण


काठमाडौँ । लोक सेवा आयोगले अधिकृत वा सो सरह (अप्राविधिक) पदहरूको लिखित परीक्षाका लागि परीक्षा केन्द्र निर्धारण गरेको छ ।

आयोगले एक सूचना जारी गर्दै अधिकृत वा सो सरह (अप्राविधिक) पदको लिखित परीक्षाका लागि परीक्षा केन्द्र निर्धारण गरेको जानकारी दिएको हो ।

आयोगका केन्द्रीय कार्यालयको विज्ञापन नम्बर १६७०१-१६७०७/०८१-८२ (खुला तथा समावेशी) संयुक्त र एकीकृत, राजपत्रांकित तृतीय श्रेणी (अप्राविधिक) शाखा अधिकृत वा सो सरह पदमा उम्मेदवारहरूको केन्द्र निर्धारण गरिएको छ ।

२०८१ चैत्र २०, बुधबार १५:३८ प्रकाशित
ट्रेन्डिङ समाचार