शिक्षक महासंघको आन्दोलन: डेढ लाख शिक्षक काठमाडौं आइपुगे


काठमाडौँ। शिक्षक महासंघको अगुवाइमा विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै देशभरिका शिक्षक काठमाडौं आइपुगेका छन्। महासंघका सहअध्यक्ष नानुमाया पराजुलीका अनुसार आजको र्‍यालीमा डेढ लाख शिक्षक कर्मचारी सहभागी हुने छन्।

आन्दोलन शान्तिपूर्ण बनाउन ८ सय स्वयंसेवक परिचालन गरिएको छ। शिक्षकहरूले सरकारसँग विगतको सहमति अनुसार ऐन जारी गर्न दबाब दिइरहेका छन्।

२०८१ चैत्र २०, बुधबार १३:२५ प्रकाशित
ट्रेन्डिङ समाचार