२६७६ अंकमा झर्‍यो सेयर बजार


काठमाडौँ । अघिल्ला तीन कारोबार दिन लगातार बढेको सेयर बजार मंगलबार घटेको छ ।

अघिल्लो दिनको तुलनामा बजारको परिसूचक नेप्से १६.९५ अंक घटेको हो । सो गिरावटपछि नेप्से २६७६ अंकमा झरेको छ ।

बजारको अंकसँगै कारोबार रकम घटेको छ । अघिल्लो दिन ७ अर्ब ५६ करोडको कारोबार भएकोमा आज ५ अर्ब ७९ करोडको भएको छ । ४२ कम्पनीको मूल्य बढ्दा २०१ को घट्यो । व्यापारबाहेक सबै सेक्टरका सूचक घटेका छन् ।

 

२०८१ चैत्र १९, मंगलवार १६:०१ प्रकाशित
ट्रेन्डिङ समाचार