सुनको मूल्य लगातार उकालो लाग्दै


काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । आज तोलामा एक हजार ८ सय रुपैयाँले बढेर १ लाख ७९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार सुन प्रतितोला १ लाख ७७ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य भने स्थिर छ । चाँदी प्रतितोला दुई हजार ३५ रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । सोमबार पनि चाँदी यही मूल्यमा कारोबार भएको थियो ।

२०८१ चैत्र १९, मंगलवार १२:०७ प्रकाशित
ट्रेन्डिङ समाचार