
काठमाडौँ।
१. २०८१ को विन्ध्यवासिनी म्युजिक लाइफटाइम अवार्डबाट सम्मानित हुने स्रष्टा को हुन् ?
गीतकार राजेन्द्र थापा (पुरस्कार राशि रु. एक लाख)
– विन्ध्यवासिनी सङ्गीत साधना सम्मान : गायिका सङ्गीता शाक्य (राशि ः रु. ५० हजार)
– प्रेमध्वज सङ्गीत रत्न सम्मान : गायिका निशा देसार (राशि : रु. २५ हजार)
– झलकमान लोक–सङ्गीत सम्मान : गायक शिरिष देवकोटा
– विन्ध्यवासिनी कला पत्रकारिता सम्मान : पत्रकार शारदा थापा (राशि : रु. २५ हजार)
२. सन् २०२७ को विश्व पुस्तकालय शिखर सम्मेलन कहाँ गरिने भएको छ ?
नेपाल
– भारतको दिल्लीमा सम्पन्न (सन् २०२५) विश्व पुस्तकालय सम्मेलनले सन् २०२६ को सम्मेलन श्रीलङ्का र सन् २०२७ को नेपालमा गर्ने निर्णय गरेको ।
– सन् २०२५ को सम्मेलन ज्ञान साझेदारी, सांस्कृतिक संरक्षण र अन्तर्राष्ट्रिय सहकार्यमा पुस्तकालयको भूमिकालाई सुदृढ बनाउन सफल भएको जनाइएको ।
– नयाँ दिल्लीमा सम्पन्न सम्मेलनले पुस्तकालय कूटनीति र डिजिटल रूपान्तरणमा भविष्यको नवप्रवर्तनका लागि बलियो जग बसालेको सङ्घद्वारा जारी
विज्ञप्तिमा उल्लेख ।
३. २०८१ मा सम्पन्न बुढा सुब्बा गोल्डकपको उपाधि कसले जित्यो ?
एनआरटी
– एनआरटीले २–१ गोल अन्तरले पराजित गर्दै बुढासुब्बा गोल्डकपको उपाधि जितेको ।
– न्युरोड टिम (एनआरटी) यस अघि २०६४ र गत वर्ष पनि विजेता बनेको थियो ।
– उपाधिसँगै एनआरटीले नगद १० लाख रुपियाँसहित ट्रफी हात पारेको ।
– उपविजेता चर्च ब्वाइजले नगद पाँच लाख रुपियाँ प्राप्त गरेको ।
– सर्वोत्कृष्ट खेलाडी : एनआरटीका शिशिर लेखी
– सर्वाधिक गोलकर्ता : चर्च ब्वाइजका खेलाडीद्वय समीर तामाङ र अर्मान्ड विडोंग (समान ३ गोल)
– उत्कृष्ट गोलकिपर : प्रमिजय गच्छदार (एनआरटी)
– उत्कृष्ट प्रशिक्षक : हरिओम श्रेष्ठ (एनआरटी)
– उत्कृष्ट मिडफिल्डर : रोहन कार्की (चर्च ब्वाइज)
– उत्कृष्ट फरवार्ड : समीर तामाङ (चर्च ब्वाइज)
– उत्कृष्ट डिफेन्डर : पदम भट्टराई (चर्च ब्वाइज)
४. मिसेस नोबल नेपाल २०२५ को उपाधि जित्ने युवती को हुन् ?
सन्ध्या लामिछाने
– उपाधिसँगै उनले ‘नेपाल फेसन एन्ड इन्टरटेनमेन्ट अवार्ड २०२५ जापान’ का लागि इन्ट्री प्याकेजसमेत प्राप्त गरेकी ।
– उपविजेता : सर्वण जोशी
– दोस्रो उपविजेता (सहविजेता) : रेखा भट्टराई
५. ‘जोय मोडल हन्ट नेपाल’ सिजन ९ को उपाधि विजेता प्रतिभा को हुन् ?
विवश विष्ट र नेहा बुढा
– विजेता दुवैले विभिन्न पुरस्कारका साथमा कम्बोडियामा हुने मिस्टर एन्ड मिस सेलिब्रेटी इन्टरनेसनल २०२५ मा नेपालको प्रतिनिधित्व गर्ने ।
– प्रतियोगितामा आदित्य थपलिया र मोना केसी फस्ट रनरअप तथा एलेन डङ्गोल र चाँदनी श्रेष्ठ सेकेन्ड रनरअप घोषित भएका ।
६ . नेपालमा हाल चरा प्रजातिको सङ्ख्या कति पुगेको छ ?
८९८ (विसं २०८१ फागुन)
– पछिल्लो पटक भेटिएको चरा ः बैजनी–बुङ्गे चरा (पर्पल–रम्प सनबर्ड)
– यो चरा भारत, बङ्गलादेश, म्यानमार र श्रीलङ्कामा पाइने गरेको ।
– झापाको काँकडभिट्टामा फेला पारिएको ।
– यसअघि २०८१ पुसमा खैरो झाडी फिस्टो (ब्राउन बुस वाब्र्लर) चितवन दिव्यनगरमा फेला परेको ।
७. पोखरा भ्रमण वर्ष–२०२५ मा कति पर्यटक भिœयाउने लक्ष्य लिइएको छ ?
२० लाख
– भ्रमण वर्षको अवधिमा पोखरामा स्वदेशी र विदेशी गरी २० लाख पर्यटक भित्र्याउने मुख्य लक्ष्य लिइएको ।
– महानगरले पोखरा घुम्न चाहने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी भ्रमण वर्ष मनाउन लागेको ।
– पोखरा विश्वकै चर्चित ट्रेकिङ ट्रेल अन्नपूर्ण सर्किटको गेट वे पनि हो ।
– भ्रमण वर्षमा स्वदेशका पाँच र विदेशका पाँच गरी १० सहरसँग भगिनी सम्बन्ध स्थापना गरिने ।
– पर्यटन क्षेत्रलाई लक्षित गरी पोखरामा टुरिजम इन्भेष्टमेन्ट समिट आयोजना गरिने ।
– महानगरपालिकाले २०८१ फागुन ३ मा पोखरा भ्रमण वर्ष २०२५ को औपचारिक घोषणा गरेको । २०८० चैत्र ४ मा पोखरालाई पर्यटकीय राजधानी घोषणा गरिएको ।
८. बागमती प्रदेश सरकारद्वारा सञ्चालनमा ल्याइएको बागमती प्रदेश विश्वविद्यालयले तयार पारेको वेबसाइटको उद्घाटन कहिले गरियो ?
विसं २०८१ फागुन २१