लगातार तेस्रो दिन पनि सुनको मूल्यमा नयाँ रेकर्ड


काठमाडौँ। नेपाली बजारमा आज (सोमबार) पनि सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ।

लगातार नयाँ रेकर्ड राखिरहेको सुनको मूल्यले यस दिन पनि निरन्तता पाएको हो।

आइतबार प्रतितोला छ सय रूपैयाँ बढेर सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको थियो।

उक्त दिन सुन प्रतितोला एक लाख ७६ हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ७७ हजार नौ सय रूपैयाँ पुगेको छ।

यो मूल्य पछिल्लो रेकर्डभन्दा प्रतितोला एक हजार एक सय रूपैयाँ बढी हो।

त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि बढेको छ।

आइतबार प्रतितोला एक हजार नौ सय २५ रूपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला एक हजार नौ सय ३५ रूपैयाँमा किनबेच भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १० रूपैयाँ बढेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ३१ सय ११ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

२०८१ चैत्र १८, सोमबार ११:५२ प्रकाशित
ट्रेन्डिङ समाचार