लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर


काठमाडौँ।

१. ट्रान्सपरेन्सी इन्टरनेसनलले सन् २०२५ फेब्रुअरी ११ मा सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकाङ्क (करप्सन पर्सेप्सन इन्डेक्स–सिपिआई) अनुसार नेपाल कति औँ स्थानमा रहेको छ ?

 १०७ औँ

– यस वर्ष नेपाल ३४ अङ्कसहित १०७ औँ स्थानमा रहेको । गत वर्ष नेपाल ३५ अङ्कसहित १०८ औँ स्थानमा थियो ।

– टिआईका अनुसार ५० अङ्कभन्दा कम स्कोर प्राप्त गर्ने मुलुक सुशासनको क्षेत्रमा समस्यायुक्त रूपमा चित्रण गरिन्छ भने ३५ अङ्कभन्दा कम स्कोर ल्याउने मुलुक गम्भीर भ्रष्टाचारको समस्यामा परेको मानिन्छ ।

– विश्वकै कम भ्रष्टाचार हुने मुलकको सूचीको पहिलो स्थानमा डेनमार्क रहेको । साउथ सुडान विश्वकै बढी भ्रष्टाचार हुने सूचीमा परेको ।

– यस सुचीमा छिमेकी राष्ट्र चीन ४३ अङ्कका साथ ७६ औँ स्थानमा रहेको ।

– ट्रान्सपरेन्सी इन्टरनेसनलले यो प्रतिवेदन विश्व बैङ्क, वल्र्ड इकोनोमिक फोरम, ग्लोबल इनसाइट, बर्टेल्सम्यान फाउन्डेसन, वल्र्ड जस्टिस प्रोजेक्ट र भेराइटिज अफ डेमोव्रmेसी प्रोजेक्ट (भिडिइएम) समेत गरी ६ वटा संस्थाको सर्वेक्षणका आधारमा तयार गरेको ।

२. नेपाल प्रहरीको ३१ औँ महानिरीक्षक (आइजिपी) मा नियुक्त हुन सफल व्यक्तित्व को हुनुहुन्छ ?

 दीपक थापा

– २०८१ चैत्र ४ गतेको मन्त्रीपरिषद् बैठकले प्रहरी महानिरीक्षकमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) थापालाई नियुक्त गरेको ।

– एआइजी थापा यसअघि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) प्रमुख हुनुहुन्थ्यो ।

– वसन्त कुँवर चैत्र ४ गते नै अवकाश हुने भएपछि नयाँ महानिरीक्षक नियुक्त गरिएको ।

– नयाँ प्रहरी महानिरीक्षकको कार्यकाल २०८२ भाद्र १८ सम्म मात्र रहने छ ।

– प्रहरी प्रमुख बन्नका लागि थापासँगै एआइजी टेकबहादुर तामाङ र सुदीप गिरी प्रतिस्पर्धामा हुनुहुन्थ्यो ।

३. काठमाडौँ विश्वविद्यालय (केयु) को उपकुलपतिमा कसलाई नियुक्त गरियो ?

 प्राडा अच्युत वाग्ले (विसं २०८१ चैत ४)

४. प्रसिद्ध साहित्यकार लीलबहादुर क्षेत्रीको निधन कहिले भएको हो ?

 विसं २०८१ फागुन २९

– नेपाली साहित्यमा महत्वपूर्ण योगदान पु¥याएका प्रख्यात लेखक क्षेत्रीको ९२ वर्षको उमेरमा आसामको गुवाहाटीमा निधन भएको ।

– क्षेत्रीले सामन्ती उच्च वर्गबाट शोषण भोगिरहेका गरिब गाउँलेको दशालाई उजागर गर्दै बसाइँ (सन् १९५७) नामक उपन्यास लेखेका । यो उपन्यास त्रिभुवन विश्वविद्यालयको पाठ्यव्रmममा समेत समावेश छ ।

– भारतमा नेपाली भाषी भारतीयले साहित्यकार क्षेत्रीलाई ग्रामीण सङ्घर्ष र सामाजिक अन्यायको शक्तिशाली चित्रण गर्ने स्रष्टाका रूपमा चिन्छन् ।

– उनले बह्ममपुत्रको छेउछाउ नामक औपन्यासिक कृतिका लागि सन् १९८७ मा साहित्य एकेडेमी पुरस्कार प्राप्त गरेका थिए । अतृप्त (मनोवैज्ञानिक उपन्यास), कहिल्यै नफुक्ने गाँठो, तीन दशक बीस अभिव्यक्ति, लीलबहादुर क्षेत्रीका कथाहरू लगायतका कृति पनि लोकप्रिय रहेका छन् ।

– उनी सन् २०१६ मा नेपालको प्रतिष्ठित जगदम्वाश्री पुरस्कारबाट विभूषित भएका । त्यस्तै, सन् २०२० मा भारतको प्रसिद्ध पद्मश्री पुरस्कारबाट पनि सम्मानित भएका ।

५. यस वर्ष (२०८१) को बद्री पहाडी समाजसेवा पुरस्कार कसलाई प्रदान गरियो ?

 सामाजिक अभियन्ता पूर्व राजदूत पदम सुन्दास

– मानव अधिकार तथा शान्ति समाजले कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार सुन्दासलाई प्रदान गरेको ।

– यस पुरस्कारको राशि रु. एक लाख १० हजार रहेको ।

६. पाँचथरमा आयोजित राष्ट्रव्यापी कविता प्रतियोगिता २०८१ मा प्रथम हुन सफल कवि को हुन् ?

 हिक्मत रावल (अछाम)

– प्रतियोगितामा उदयपुरका जीवन आरोही द्वितीय र तेह्रथुमका भगिश्वर तेयुङ तृतीय भएका ।

– प्रथम, द्वितीय र तृतीय पुरस्कारको राशि क्रमश : ५० हजार, २५ हजार र १२ हजार ५०० रुपियाँ रहेको ।

७. नेपालको उच्च हिमाली भेगमा पाइने भोटे कुकुरलाई अन्तर्राष्ट्रिय मान्यता प्रदान गर्ने संस्था कुन हो ?

 अन्तर्राष्ट्रिय केनेल क्लब (आइकेसी), सन् २०२५ मार्च

– नेपालमै उत्पत्ति र विकास भएको भोटे कुकुरलाई उक्त मान्यता दिइएको ।

– उच्च हिमाली भेगतिर पाइने भोटे कुकुर विशेष गरी गोठको साथीको रूपमा पाल्ने गरिन्छ ।

– हाल यो कुकुर तराई र पहाडतिर समेत पाल्न थालिएको ।

८. नेपालमा तेस्रो पुतली गणना अभियानको सञ्चालन अवधि कुन हो ?

 सन् २०२५ मार्च ३–३१

सञ्चालन गर्ने संस्था : बटरफ्लाई वाचर्स नेपाल

थिम : बटरफ्लाई म्याराथुन

९. मिथिला नाट्यकला परिषद् (मिनाप) ले यस वर्ष (२०८१) को महामूर्ख उपाधिबाट कसलाई सम्मान ग¥यो ?

 मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंह

– होली पर्वको अवसरमा आयोजित महामूर्ख सम्मेलनमा सिंह सो उपाधिबाट सम्मानित भएका ।

– त्यसै गरी साहित्यकार एवं गीतकार सियाराम झालाई पटमूर्खको उपाधि, जनकपुरधाम उमनपा उपप्रमुख किशोरी साहलाई हराशंख र वरिष्ठ पत्रकार रामरिझन यादवलाई ढोरहाशङ्करको उपाधि प्रदान गरिएको ।

२०८१ चैत्र १७, आईतवार १३:४४ प्रकाशित
ट्रेन्डिङ समाचार