तीनकुनेको हिंसात्मक क्रियाकलापमा संलग्नहरूमाथि ज्यान मुद्दामा अनुसन्धान


काठमाडौँ। शुक्रबार काठमाडौंमा राजावादी प्रदर्शनका क्रममा १४ स्थानमा आगजनी र ९ कार्यालयमा तोडफोड भएको छ। प्रदर्शनमा ५३ जना नेपाल प्रहरी, २२ जना सशस्त्र प्रहरी र ३५ जना प्रदर्शनकारी घाइते भएका छन्। दुईजनाको मृत्यु भएको छ। प्रदर्शनकारीहरूले निजी सम्पत्ति, अस्पताल, संचारगृह, राजनीतिक दलका कार्यालय र व्यापारिक केन्द्रमा हिंसात्मक आक्रमण गरेका छन्।

प्रदर्शनको क्रममा कोटेश्वर, तीनकुने, सिनामंगल, बानेश्वर लगायतका स्थानहरूमा आगजनी र तोडफोड भएको छ। भाटभटेनी सुपरमार्केटमा लुटपाट भएको र सरकारी सवारी साधनमा पनि तोडफोड गरिएको छ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार घटनामा संलग्न ५१ जनालाई नियन्त्रणमा लिइएको छ र थप अनुसन्धान भइरहेको छ। प्रहरीले हिंसात्मक गतिविधिमा संलग्नलाई कानूनी दायरामा ल्याउने चेतावनी दिएको छ।

२०८१ चैत्र १६, शनिबार ११:४८ प्रकाशित
ट्रेन्डिङ समाचार