
काठमाडौँ। शुक्रबार राजधानी काठमाडौंमा राजावादी प्रदर्शनका क्रममा १४ स्थानमा आगजनी र ९ संस्था तथा कार्यालयमा तोडफोड भएका छन्। प्रदर्शनका क्रममा ५३ प्रहरी, २२ सशस्त्र प्रहरी र ३५ प्रदर्शनकारी घाइते भएका छन्, भने दुईजनाको मृत्यु भएको छ। प्रदर्शनकारीहरूले निजी सम्पत्ति, अस्पताल, सञ्चारगृह , राजनीतिक दलका कार्यालय र यातायातका साधनमाथि हिंसात्मक आक्रमण गरेका छन्। प्रहरीले घटनामा संलग्न ५१ जनालाई नियन्त्रणमा लिएको जनाएको छ।
२०८१ चैत्र १६, शनिबार ०७:०१ प्रकाशित