
काठमाडौँ। पूर्वप्रधानमन्त्री प्रचण्डले तीनकुनेमा आजको घटनासँग सम्बन्धित कुरा गर्दै पूर्व राजा ज्ञानेन्द्र शाहलाई चेतावनी दिएका छन्। प्रचण्डले भने, “मैले उनलाई भनेको थिएँ कि विगतमा उनले धेरै गल्ती गरे र त्यसको सजाय भोगिरहेका छन्, अब अर्को गल्ती गरे भने केही पनि बाँकी रहँदैन।” उनले थपे, “उनीहरूले १ हजार जुटाउँछन् भने हामी १० हजार, १० हजार जुटाउँछन् भने हामी १ लाख र १ करोड पनि जम्मा गर्नेछौं।”
२०८१ चैत्र १५, शुक्रबार २०:५९ प्रकाशित