राप्रपा हिंसाको विपक्षमा छ, वार्ताबाट समाधान गरौं: राजेन्द्र लिङ्देल


काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले सरकार र आन्दोलनरत पक्षलाई संयमता अपनाउन र शान्तिपूर्ण वार्ताको माध्यमबाट समाधान खोज्न आग्रह गरेका छन्। लिङ्देनले हिंसाको विरोध गर्दै, “जसले जे प्रयोजनमा हिंसालाई प्रयोग गरे पनि राप्रपा त्यसको विपक्षमा छ,” भने। उनले मृतकप्रति श्रद्धाञ्जली र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

२०८१ चैत्र १५, शुक्रबार २०:४८ प्रकाशित
ट्रेन्डिङ समाचार