राजावादी प्रदर्शनमा २२ जना घाइते


काठमाडौँ। राजावादी समूहको प्रदर्शनमा २२ जना घाइते भएका छन्। घाइतेमा सुरक्षाकर्मी र प्रदर्शनकारी दुवै समावेश छन्। प्रदर्शनमा काठमाडौंका ४३ वर्षीय राजु श्रेष्ठ, करिना साही, पुष्कलराज जोशी, राजेश श्रेष्ठ, रुद्र कार्की, विशाल निरौला लगायतका २२ जना घाइते भएका छन्। प्रदर्शन उग्र बनेपछि तोडफोड र आगजनी भएको र सुरक्षाकर्मीमाथि आक्रमण भएको थियो।

२०८१ चैत्र १५, शुक्रबार १८:३३ प्रकाशित
ट्रेन्डिङ समाचार