सशस्त्र प्रहरीको लिखित परीक्षाको केन्द्र तोकियो


काठमाडौँ । लोक सेवा आयोगले सशस्त्र प्रहरी निरीक्षक र सशस्त्र प्रहरी सहायक निरीक्षक पदको लिखित परीक्षाको परीक्षा केन्द्र तोकिएको छ ।

बिहिवार काठमाडौँ केन्द्रीय आयोगले एक सूचना जारी गर्दै सशस्त्र प्रहरी निरीक्षक र सशस्त्र प्रहरी सहायक निरीक्षक पदको परीक्षा केन्द्र तोकिएको जानकारी दिएको हो ।

सशस्त्र प्रहरी बल नेपालको पूर्व प्रकाशित विज्ञापन अनुसार सशस्त्र प्रहरी निरीक्षक र सशस्त्र प्रहरी सहायक निरीक्षक पदको खुला तथा समावेशी तर्फको प्रतियोगितात्मक लिखित परीक्षाको केन्द्र निर्धारण गरिएको छ ।

२०८१ चैत्र १४, बिहीबार १४:५३ प्रकाशित
ट्रेन्डिङ समाचार