गृह मन्त्रालयबाट २८ जना शाखा अधिकृतको सरुवा


काठमाडौँ । गृह मन्त्रालयले २८ जना शाखा अधिकृतको सरुवा गरेको छ।

शुक्रबार मन्त्रालय तथा मातहतका निकायमा कार्यरत शाखा अधिकृत तथा प्रशासकीय अधिकृतहरूको विभिन्न जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय र कारागारमा सरुवा गरिएको हो।

आजै मन्त्रालयले नौ जना उपसचिवहरूको समेत सरुवा गरेको थियो।

सम्बन्धित समाचार : नौ उपसचिवको सरुवा

यससँगै मन्त्रालयको अतिरिक्त (बरन्डा) मा रहेका शाखा अधिकृतहरूको व्यवस्थापन पूरा भएको प्रशासन सिंहदरबार विशेष ब्युरो स्रोतले जनाएको छ।

२०८१ चैत्र ९, शनिबार १२:०६ प्रकाशित
ट्रेन्डिङ समाचार