आजको राशिफल


मेष

आत्मविश्वासमा वृद्धि हुनेछ। धर्मकर्मतर्फ अग्रसर भइनेछ। विद्यार्थीहरूलाई पठनपाठनमा गुरुजनहरूबाट सहयोग मिल्ला। यात्रा लाभदायक रहनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक १ रहेको छ।

मिथुन

साझेदारी व्यापारबाट लाभ मिल्नेछ। दाम्पत्य जीवन सुमधुर रहनेछ। प्रतिष्ठित कामले आफूलाई समाजमा चिनाउन सक्नुहुनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ४ रहेको छ।

सिंह

पुरानो कुरालाई लिएर परिवारमा झैं झगडाको सम्भावना रहेको छ। बोलिको विपरीत अर्थ लाग्न सक्छ। न्यायिक मामलाहरूमा पक्ष कमजोर रहला सावधान रहनुहोस्। आजको शुभ रंग रातो हो भने शुभ अंक ३ रहेको छ।

तुला

प्रतिस्पर्धामा विजय भइनेछ। नयाँ नोकरीको तलाश समाप्त हुनेछ। व्यापार व्यवसायमा दिगो लाभ हुने कार्य प्रारम्भ गर्न सकिनेछ। घरपरिवारमा बच्चाहरूसँग मनोरंजनात्मक समय बित्नेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक २ रहेको छ।

धनु

समाजमा मानसम्मान बढ्न्ने छ। छरछिमेकीसँग पुरानो कुरालाई लिएर वादविवाद बढ्न सक्ला। प्रशासनिक वा राजकीय क्षेत्रबाट सहयोग मिल्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ४ रहेको छ।

कुम्भ

कार्यक्षेत्रमा अधिकारी वर्गहरूबाट प्रशंसा पाइनेछ। साहसिक कार्य गर्ने समय रहेको छ। पायक स्थानमा भ्रमणका योग छन्। पारिवारिक सद्भाव बढ्नेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ३ रहेको छ।

बृष

कार्यक्षेत्रमा पहिला गरिएको कार्यलाई दोहोर्याएर गर्नुपर्ला। स्वास्थ्यले साथ नदेला, सचेत रहनुहोस्। व्यापार व्यवसायमा गोपनीयता भंग हुन सक्ला। आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक २ रहेको छ।

कर्कट

मनोरञ्जनात्मक कार्यहरूमा अल्झिँदा काममा पछि परिनेछ। परिस्थितिवस अप्ठ्यारो समस्या निम्ताउन सक्नुहुनेछ। व्यापारमा सामान्य लाभ रहनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक २ रहेको छ।

कन्या

जग्गा जमिनबाट मनग्य लाभ आर्जन गर्न सकिएला। कार्यक्षेत्रमा रोकिएका कार्यहरू सम्पादन हुनेछन्। इष्टमित्रहरुबाट सहयोग प्राप्त हुनेछ। स्वास्थ्यमा खानपिनको ध्यान राख्नुहोस्। आजको शुभ रंग सेतो हो भने शुभ अंक ६ रहेको छ।

बृश्चिक

सञ्चित धनमा वृद्धिको लागि नयाँ अवसरहरू मिल्नेछन्। विद्यार्थीलाई अध्ययन अध्यापनमा मन लाग्नेछ। नयाँ कुरा सिक्ने मौका मिल्नेछ। सामाजिक दायित्वको निर्वहनमा खर्च बढ्नेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ।

मकर

वैदेशिक रोजगारबाट लाभ मिल्नेछ। व्यापार व्यवसायलाई लिएर गरिएको यात्रामा आफ्नो सामानको जिम्मेवारी स्वयं राखौं। स्वास्थ्य प्रतिकूल रहनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ३ रहेको छ।

मीन

कार्यक्षेत्रमा पिताद्वारा सहयोग मिल्नेछ। नयाँ कार्य प्रारम्भ गर्नको लागि उचित समय रहेको छ। आयआर्जनका नयाँ स्रोतहरू बढ्नेछन्। आजको शुभ रंग हरियो हो भने शुभ अंक ६ रहेको छ।

२०८१ चैत्र ९, शनिबार ०९:२९ प्रकाशित
ट्रेन्डिङ समाचार