सुन–चाँदीको मूल्यमा गिरावट


काठमाडौँ। नेपाली बजारमा आज  सुन–चाँदीको मूल्य घटेको छ।

अघिल्लो दिन अर्थात् बिहीबार स्थिर रहेको सुनको मूल्य शुक्रबार प्रतितोला एक हजार रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७५ हजार रूपैयाँमा कारोबार भइरहेको छ।

बिहीबार छापावाल सुन प्रतितोला एक लाख ७६ हजार रूपैयाँमा कारोबार भएको थियो।

बिहीबारको उक्त मूल्य हालसम्मकै उच्च हो।

यस्तै, शुक्रबार चाँदीको मूल्य पनि घटेको छ।

यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय ९५ रूपैयाँमा कारोबार भइरहेको छ।

बिहीबार चाँदी प्रतितोला दुई हजार ३० रूपैयाँमा कारोबार भएको थियो।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३५ रूपैयाँ घटेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस तीन हजार २८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

२०८१ चैत्र ८, शुक्रबार १४:११ प्रकाशित
ट्रेन्डिङ समाचार