आजको राशिफल


कार्यक्षेत्रमा तटस्थ भएर कार्य गर्नुहोला। नोकरी वा पेशामा अनुभवी व्यक्तिहरूको सल्लाहलाई मान्नुहोस् सफलता मिल्नेछ। स्वास्थ्यलाई लिएर खानपिनमा सचेत रहनुहोला। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।

मिथुन

कार्यक्षेत्रमा अरुमाथि धेरै विश्वास गर्दा धोखा मिल्न सक्ला। पारिवारिक वस्तुमा धन खर्च हुनेछ। सवारी साधन चलाउँदा ध्यान राख्नुहोला। पारिवारिक सद्भाव बढ्नेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ६ रहेको छ।

सिंह

व्यापार क्षेत्रमा बोलीले गर्दा बनेको काम बिग्रिन सक्छ साथै हिसाब किताबमा सावधान रहनुहोस्। ठेकापट्टाको काममा सफलता मिल्नेछ। विदेशतिरबाट कुनै शुभ सूचना मिल्ने योग छ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ८ रहेको छ।

तुला

कार्यक्षेत्रमा ब‍ोलिको विपरित अर्थ लाग्नेछ। व्यापार व्यवसायमा कामलाई टाल्नुभन्दा बनाउनमा विश्वास राख्नुहोस्। आफन्तहरूबाट सोचेजस्तो सहयोग नमिल्ला। साना बालबच्चाहरूलाई मौसमी बिमारीबाट जोगाउनुहोस्। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ६ रहेको छ।

धनु

आलसले गर्दा लाभकारी योजनाहरू गुमिन सक्छन्। इक्षा आकांक्षा पूरा गर्न खर्चिलो कामतर्फ अग्रसर भइनेछ। प्रेम सम्बन्धमा व्यर्थको वादविवाद बढ्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ९ रहेको छ।

कुम्भ

चिताएको कार्य समयमा सम्पादन हुनाले मन उत्साहित रहनेछ। आम्दानीका नयाँ स्रोतहरू बढ्नेछन्। स्वास्थ्यको लागि आहारविहारमा ध्यान राख्नुहोला। आजको शुभ रंग खैरो हो भने शुभ अंक ४ रहेको छ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) नोकरी वा पेशामा इच्छाशक्तिले गर्दा बिग्रीएका काम बनाउन सक्नुहुनेछ। धैर्य र पराक्रममा वृद्धि हुनेछ। छात्रहरूलाई नयाँ प्रतियोगी परीक्षाको तैयारीमा सफलता मिल्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ७ रहेको छ।

कर्कट

 विवादास्पद मामलाहरूमा धेरै न बोल्नु होला। कार्यक्षेत्रमा अधिकारी वर्गहरूको कुरालाई बेवास्ता नगर्नुहोस्। आफन्तहरूसँगको भेटघाटले मन प्रसन्न रहनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ९ रहेको छ।

कन्या

कार्यक्षेत्रमा नयाँ कार्यहरू सिद्ध हुनेछन्। विद्यार्थीहरूलाई पठनपाठनमा मन लाग्नेछ। पायक स्थानमा भ्रमणले मन प्रसन्न रहनेछ। घरपरिवारमा साना भाइबहिनीहरूको साथ र सहयोग मिल्ला। आजको शुभ रंग खैरो हो भने शुभ अंक ६ रहेको छ।

बृश्चिक

कार्यक्षेत्रमा बिगरिएको कामलाई दोहोर्याएर गर्दा लाभ उठाउन सकिनेछ। समाजमा मानसम्मानम बढ्नेछ। उपहार आदिमा खर्च हुनेछ। आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक ८ रहेको छ।

मकर

महत्त्वपूर्ण कार्यहरूमा इष्टमित्रको सहयोग मिल्नेछ। सन्तानको प्रगतिले मन हर्षित रहनेछ। सञ्चित धनमा वृद्धि हुनुको साथै आयआर्जनका नयाँ स्रोतहरू बढ्नेछन्। आजको शुभ रंग खैरो हो भने शुभ अंक ४ रहेको छ।

मीन

साहसिक कार्य गर्ने समय रहेको छ। आफ्नो सोचलाई नयाँ दृष्टिकोण दिनुहोस् सफलता मिल्नेछ। कला वा संगीतको क्षेत्रमा सफलता मिल्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।

२०८१ चैत्र ८, शुक्रबार ११:२७ प्रकाशित
ट्रेन्डिङ समाचार