एमालेले कांग्रेसलाई उद्योग बेचेर खाने पार्टी भनेर मूर्ख बनायो : गगन थापा


काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले नेकपा (एमाले) ले आफूहरुलाई उद्योग बेचेर खाने पार्टी भनेर मुर्ख बनाएको टिप्पणी गरेका छन् ।

बुधबार कांग्रेस तनहुँ क्षेत्र नम्बर १ को दोस्रो क्षेत्रीय सम्मेलनलाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन् ।

विगतदेखि एमालेले पनि कांग्रेसलाई मुर्ख बनाउँदै आएको र अहिले आएर नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी हुँदै राष्ट्रिय स्वतन्त्र पार्टीसमेतले मुर्ख बनाउने प्रयास गरिरहेको बताए।

‘पहिला हामीलाई एमालेले मुर्ख बनायो । के भनेर मुर्ख बनायो ? उद्योग बेच्ने पार्टी भनेर मुर्ख बनायो । नेपाली  कांग्रेस पार्टी सरकारले कागज उत्पादन गर्ने, जुत्ता उत्पादन गर्ने, चुरोट, सिमेन्ट, रक्सी उत्पादन गर्ने कुरामा विश्वास गर्दैन । उद्योग धन्दा चलाउने काम सरकारको होइन । जुन कुरा नागरिकले गर्न सक्छ, त्यो कुरा सरकारले गर्न हुँदैन,’– उनले भने ।

२०८१ चैत्र ७, बिहीबार १२:०० प्रकाशित
ट्रेन्डिङ समाचार