नेप्से परिसूचक दोहोरो अंकले गिरावट


सोमबार पनि नेप्से परिसूचक दोहोरो अंकले घटेको छ।

नेप्से १०.१४ अंकले घटेर २७०४.७० विन्दुमा बन्द भएको हो।

सोमबार कारोबार रकममा पनि गिरावट आएको छ।

गत कारोबार दिन अर्थात् आइतबार ६ अर्ब ८३ करोडको सेयर कारोबार भएकोमा सोमबार पाँच अर्ब ४० करोडको कारोबार भएको छ।

यो रकम अघिल्लो दिनको तुलनामा एक अर्ब ४३ करोड रूपैयाँ कमी आएको हो।

आज ३३१ वटा धितोपत्रको ९९ लाख ३५ हजार ८७२ कित्ता सेयर किनबेच भएको हो।

सोमबार ८५ कम्पनीको सेयर मूल्य बढेको छ भने १४५ वटाको घटेको छ। यस्तै १३ कम्पनीको मूल्य स्थिर रहेको छ।

यसदिन राप्ती हाइड्रोको मूल्य सर्वाधिक ९.८६ प्रतिशतले बढेको छ।

उक्त कम्पनीको प्रतिकित्ता मूल्य ६३५ रूपैयाँ कायम भएको छ।

यस्तै, सामुदायिक लघुवित्तको मूल्य ८.०३ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य दुई हजार ५८२ सय रूपैयाँ पुगेको छ।

सोमबार महालक्ष्मी विकास बैंकको मूल्य सर्वाधिक ५.६३ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य ४१९ रूपैयाँ पुगेको छ।

यस्तै, घलेम्दी हाइड्रोको मूल्य ४.५८ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य २९७ रूपैयाँमा ७० पैसामा झरेको छ।

सोमबार हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ।

कम्पनीको प्रतिकित्ता ९८४ रूपैयाँमा ४३ करोड ९३ लाख रूपैयाँको सेयर कारोबार भएको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा १.५० प्रतिशत घटेको छ।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा नेपाल रिइन्स्योरेन्स रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता एक हजार २८९ रूपैयाँमा ३० करोड ७४ लाख बराबरको सेयर कारोबार भएको छ।

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये चार समूहको परिसूचक बढेको छ भने बाँकी सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो।

यसदिन विकास व्यापार समूहको परिसूचक सर्वाधिक ३.३८ प्रतिशतले घटेको छ।

२०८१ चैत्र ४, सोमबार १६:१९ प्रकाशित
ट्रेन्डिङ समाचार