सुनको मूल्यमा सामान्य गिरावट


नेपाली बजारमा आज  सुन–चाँदीको भाउ सामान्य घटेको छ।

अघिल्लो दिन अर्थात् शुक्रबार प्रतितोला चार हजार रूपैयाँ बढेर नयाँ रेकर्ड बनाएको सुनको भाउ यसदिन प्रतितोला चार सय रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७४ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ।

शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ७४ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो।

उक्त मूल्य हालसम्मकै उच्च हो।

यसैगरी, आइतबार चाँदीको मूल्य पनि घटेको छ।

यस दिन चाँदीको मूल्य प्रतितोला दुई हजार ४५ रूपैयाँमा कारोबार भइरहेको छ।

शुक्रबार चाँदी प्रतितोला दुई हजार ५० रूपैयाँमा कारोबार भएको थियो।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला पाँच रूपैयाँ घटेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २९ सय ८७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

२०८१ चैत्र ३, आईतवार ११:१८ प्रकाशित
ट्रेन्डिङ समाचार