४ करोडको बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी समातिए


काठमाडौं । चार करोड रुपैयाँ भन्दा बढीको बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा दोलखाको मेलुङ गाउँपालिका–३ घर भएका कुयाङछुयाङ दार्जे लामा छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले २८ फागुनमा अनामनगरबाट पक्राउ गरेको हो ।

उनीविरुद्ध बैंकिङ कसुरको मुद्दामा काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । उनीविरुद्ध ४ करोड ९ लाख २७ हजार १३७ रुपैयाँको बैंकिङ कसुरको मुद्दा रहेको प्रहरीले भनाइ छ ।

२०८१ चैत्र १, शुक्रबार १८:२२ प्रकाशित
ट्रेन्डिङ समाचार