लोकसेवा आयोगले माग्यो ५४३ जना कर्मचारी


काठमाडौँ। लोकसेवा आयोगले विज्ञापन प्रकाशन गर्दै सातै प्रदेशमा कर्मचारी माग गरेको छ।

आयोगले बुधबार जारी गरेको सूचनाअनुसार न्याय, सामान्य प्रशासन, लेखा, सरकारी वकिल लगायतका समूहमा कर्मचारी माग गरेको हो।

उमेर हद १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेका, महिलाको ४० वर्ष ननाघेको हुनुपर्नेछ।

प्रत्येक विज्ञापनको लागि परीक्षा दस्तुर पाँच सय रूपैयाँ लाग्नेछ। समावेशी समूहतर्फका थप विज्ञापनमा आवेदन दिने उम्मेदवारको हकमा थप १५० रूपैयाँ लाग्नेछ।

योग्यता पुगेका इच्छुक नेपाली नागरिकले चैत १९ गतेसम्म र दोब्बर दस्तुर तिरेर चैत २६ गतेसम्म आवेदन दिन सक्नेछन्।

२०८१ चैत्र १, शुक्रबार ११:५६ प्रकाशित
ट्रेन्डिङ समाचार