राजनीतिक घटना क्रमसँगै ओरालो लाग्यो सेयर बजार


मुलुकको राजनीतिक घटनाक्रममा विभिन्न उतारचढाव देखिएपछि नेप्सेमा उच्च अंकको गिरावट आएको छ।

आइतबार नेप्से परिसूचक ४६.३३ अंकले घटेर २७७२.१० विन्दुमा झरेको हो।

आइतबार कारोबार रकममा पनि गिरावट आएको छ।

गत कारोबार दिन अर्थात् बिहीबार १० अर्ब १० करोडको सेयर कारोबार भएकोमा बिहीबार १० अर्ब नौ करोडको कारोबार भएको छ।

यो रकम अघिल्लो दिनको तुलनामा एक करोड रूपैयाँ कमी आएको हो।

आज ३१५ वटा धितोपत्रको दुई करोड २७ लाख २६ हजार २८३ कित्ता सेयर किनबेच भएको हो।

आइतबार २४ कम्पनीको सेयर मूल्य बढेको छ भने २१७ वटाको घटेको छ। यस्तै दुई कम्पनीको मूल्य स्थिर रहेको छ।

यसदिन गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स र आइसिइफसी फाइनान्सको मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ।

उक्त धितोपत्रहरूको प्रतिकित्ता मूल्य क्रमशः एक हजार ८३९ रूपैयाँ ४० पैसा र एक हजार एक सय रूपैयाँ कायम भएको छ।

यस्तै, भूगोल इनर्जीको मूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ८१७ रूपैयाँ ९० पैसा कायम भएको छ।

आइतबार उपकार लघुवित्त र सिन्धु विकासको मूल्य सर्वाधिक १० प्रतिशतका दरले घटेको छ।

उक्त कम्पनीको प्रतिकित्ता मूल्य क्रमशः चार हजार १६७ रूपैयाँ र एक हजार १३३ रूपैयाँ १० पैसामा झरेको छ।

आइतबार हिमालयन रिइन्स्योरेन्स कम्पनीको सर्वाधिक कारोबार भएको छ।

कम्पनीको प्रतिकित्ता मूल्य एक हजार ४६ रूपैयाँमा १ अर्ब १२ करोड ४८ लाख रूपैयाँको सेयर कारोबार भएको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतिकित्ता २.५२ प्रतिशत घटेको हो।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा नेपाल रिइन्स्योरेन्स रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता एक हजार ३०४ रूपैयाँमा ५९ करोड ९८ लाख बराबरको सेयर कारोबार भएको छ।

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो।

यसदिन अन्य समूहको परिसूचक सर्वाधिक २.६९ प्रतिशतले बढेको छ।

२०८१ फाल्गुन २५, आईतवार १६:१० प्रकाशित
ट्रेन्डिङ समाचार