सुदूरपश्चिमका केही स्थानमा वर्षा र हिमपातको सम्भावना


काठमाडौं । आज देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव परेको छ ।

आज पश्चिम नेपालमा आंशिकदेखि साधारणतया बदली भएको छ । कर्णाली र सुदूरपश्चिमका साथै लुम्बिनी प्रदेशमा आंशिक बदली भएको छ भने बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ ।

सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा भइरहेको छ । उच्च पहाडी र हिमाली क्षेत्रका एक/दुई ठाउँमा हिमपातको पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

२०८१ फाल्गुन २०, मंगलवार ०९:४४ प्रकाशित
ट्रेन्डिङ समाचार