बुवा र दिदीको कुटपिटबाट एक युवकको मृत्यु


काठमाडौँ । पाल्पामा बुवा र दिदीको कुटपिटबाट एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बगनासकाली गाउँपालिका–२, पोखराथोकका ३९ वर्षीय यज्ञबहादुर कुमाल रहेको प्रहरीले जनाएको छ ।

यही फागुन १५ गते घरायसी विषयमा तीन जनाबीच झगडा भएको थियो । आपसी झैझगडा हुँदा ६३ वर्षका बुवा शेरबहादुर र ४५ वर्षकी दिदी देवी कुमालले यज्ञ बहादुरलाई कुटपिट गरेको प्रहरीले जनाएको छ ।

२०८१ फाल्गुन २०, मंगलवार ०८:४९ प्रकाशित
ट्रेन्डिङ समाचार