सालकको खपटासहित दुईजना पक्राउ


काठमाडौं । प्रहरीले सालकको खपटासहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा खोटाङको दिप्रुङ चुइचुम्पा गाउँपालिका–२ का २९ वर्षीय उमेश तामाङ र सिन्धुलीको तिनपाटन गाउँपालिका–६ का ३० वर्षीय मोहन पुलामी मगर छन् ।

अवैध रूपमा वन्यजन्तु सालकको खपटा बिक्री गरिरहेको सूचनाका आधारमा प्रहरीले बाजाजुबाट उनीहरूलाई पक्राउ गरेको हो ।

तामाङले बोकेको झोलाभित्र सालकको खपटा फेला पारी बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ । उनीहरूलाई थप अनुसन्धान र कारबाहीका लागि डिभिजन वन कार्यालय काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

२०८१ फाल्गुन १९, सोमबार २१:०६ प्रकाशित
ट्रेन्डिङ समाचार