सुनको मूल्य वृद्धि


नेपाली बजारमा आज सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ।

लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो।

यसअघि गत कात्तिक १५ र फागुन ८ गते हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो।

उक्त दिन सुन प्रतितोला एक लाख ७१ हजार रूपैयाँमा कारोबार भएको थियो।

आज सुन प्रतितोला एक लाख ७१ हजार तीन सय रूपैयाँ पुगेको छ।

यो मूल्य पछिल्लो रेकर्डभन्दा प्रतितोला तीन रूपैयाँ बढी हो।

यस्तै सोमबार भने प्रतितोला एक लाख ७० हजार आठ सय रूपैयाँमा सुनको कारोबार भएको थियो।

सोमबारको तुलनामा मंगलबार भने सुनको मूल्य प्रतितोला पाँच सय रूपैयाँ बढेको हो।

यसैगरी, शुक्रबार चाँदीको मूल्य भने अघिल्लो दिनको तुलनामा घटेको छ।

यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय ७० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

सोमबार चाँदी प्रतितोला एक हजार नौ सय ८५ रूपैयाँमा कारोबार भएको थियो।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रूपैयाँ घटेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २९ सय ३७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

२०८१ फाल्गुन १३, मंगलवार ११:२६ प्रकाशित
ट्रेन्डिङ समाचार