त्रिशूलीमा हराएका भारतीय सैनिकको शव फेला


त्रिशूलीमा हराइरहेका भारतीय सैनिकको शव १० दिनपछि फेला

काठमाडौँ । चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित ३ नम्बर पुलबाट मोटरसाइकल दुर्घटना भई त्रिशुली नदीमा हराइरहेका रोहित रानाको शव १० दिनपछि फेला परेको छ।

सशस्त्र प्रहरीको गोताखोरले आइतबार शव फेला पारेको हो । उनी भारतीय सेनामा कार्यरत थिए ।

नारायणघाटबाट मुग्लिनतर्फ आउँदै गरेको बा ०६–०२ प ९२०४ नम्बरको मोटरसाईकल गत फागुन २ गते बिहान दुर्घटना भएको थियो ।

दुर्घटनामा परी  हराइरहेका रानाको खोजीका लागि सशस्त्र प्रहरीको गोताखोर निरन्तर परिचालन गरिएको थियो ।

आइतबार विहान सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट सशस्त्र प्रहरी निरीक्षक भुल बहादुर थापाको कमाण्डमा परिचालित गोताखोरसहितको सुरक्षा फौजले फेला पारेको सशस्त्रका सहप्रवक्ता सैलेन्द्र थापाले जानकारी दिए ।

उनी चितवन घरबाट काठमाडौँ हिँडेको अवस्थामा दुर्घटनामा परेका थिए।

२०८१ फाल्गुन ११, आईतवार ११:३८ प्रकाशित
ट्रेन्डिङ समाचार