आजको राशिफल


मेष

 सकारात्मक सोचको साथमा कार्य प्रारम्भ गर्नुहोला। अरुको विश्वासमा कुनैपनि कार्य अधुरो नछोड्नुहोस्। आध्यात्मिक ज्ञानमा वृद्धि हुनेछ। आफन्तहरूको साथ र सहयोग मिल्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।

मिथुन

 कार्यक्षेत्रमा नयाँ कार्य हात लाग्नेछ। प्रतियोगी परीक्षामा सफलता पाइनेछ। समाजमा अधिकार स्थापित गर्नको लागि संघर्ष गर्नुपर्ला। सन्तानको स्वास्थलाई लिएर चिन्ता रहनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ७ रहेको छ।

सिंह

 पारिवारिक सद्भावनामा कमी आउनेछ। व्यापार व्यवसायमा जीवनसाथीसँग सल्लाह महत्वपूर्ण रहनेछ। सवारी साधनमा धन खर्चका योग छन्। विद्यार्थी वर्गहरूले पढाइमा लगनशीलताको कमी आउन नदिनुहोला। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ३ रहेको छ।

तुला

 राजनैतिक क्षेत्रमा नयाँ जिम्मेवारी हात पर्न सक्छ। कार्यक्षेत्रमा बोलीले कार्य सिद्ध गर्न सक्नुहुनेछ। विद्यार्थीलाई अध्ययन अध्यापनमा नयाँ कुरा सिक्ने मौका मिल्नेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ३ रहेको छ।

धनु

 व्यापार व्यवसायमा जोखिम लिदा हानी नोक्सानी हुन सक्ला। वैदेशिक रोजगारको नयाँ अवसर मिल्नेछ। आफ्नो भावनालाई नियन्त्रणमा राखेर कार्य गर्नुहोस्। स्वास्थ्यप्रति सचेत रहनुहोला। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ५ रहेको छ।

कुम्भ

 व्यापार व्यवसायमा आफूलाई स्थापित गर्नको लागि नयाँ सम्झौताहरू गर्नुपर्ला। आफ्नो प्रतिभालाई निखार्नमा सफल भइनेछ। इच्छाअनुसार समयको व्यवस्थापन गर्न सकिनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ६ रहेको छ।

बृष

 समाजमा प्रतिष्ठा बढ्नेछ। प्रतिष्ठित कार्य प्रारम्भ गर्ने समय रहेको छ। साझेदारी व्यापारबाट लाभ मिल्ला। आत्मविश्वासमा वृद्धि हुनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ४ रहेको छ।

कर्कट

 कार्यक्षेत्रमा नियमित दिनचर्यामा बदलाव हुनाले मन प्रसन्न रहनेछ। बच्चाहरूको साथमा मनोरञ्जनात्मक समय बित्नेछ। नयाँ प्रेम प्रसंगमा अविश्वासको भावना जागृत होला, सावधान रहनुहोस्। आजको शुभ रंग निलो हो भने शुभ अंक ६ रहेको छ।

कन्या

 कार्यक्षेत्रमा समयमा कार्यसम्पादन हुनाले मन प्रसन्न रहनेछ। पुराना उपलब्धि नोकरी वा पेशामा पदोन्नतिमा सहायक हुनेछन्। समाजमा नयाँ जिम्मेवारी मिल्ला। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ७ रहेको छ।

बृश्चिक

 विशिष्ट व्यक्तिको सहयोग जुट्नेछ। कार्यक्षेत्रमा आत्मविश्वासले गर्दा अप्ठ्यारो काम पनि सजिलै सम्पादन हुनेछ। व्यापार व्यवसायमा लाभ रहनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ।

मकर

समय अनुकूल हुनाले कार्य गर्नमा सहज हुनेछ। अध्ययनमा ध्यान केन्द्रित गर्नुहोस्। नयाँ उपलब्धिहरू प्राप्त गर्न सकिएला। आर्थिक पक्ष सबल रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ८ रहेको छ।

मीन

 समय अवस्था बुझेर आफूलाई चलायमान बनाउने प्रयास गर्नुहोस्। धर्मकर्ममा रुचि बढ्नुको साथै धार्मिक यात्राका योग छन्। शैक्षिक क्षेत्रमा नयाँ जिम्मेवारी प्राप्त होला। आजको शुभ रंग रातो हो भने शुभ अंक २ रहेको छ।

२०८१ फाल्गुन ९, शुक्रबार १०:५३ प्रकाशित
ट्रेन्डिङ समाचार