९ वर्षको लागि १० अर्ब रूपैयाँ सार्वजनिक ऋण उठाउँदै सरकार


सरकारले बजारबाट नौ वर्षको लागि १० अर्ब रूपैयाँ सार्वजनिक ऋण उठाउन लागेको छ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सूचना जारी गर्दै फागुन ८ गते यस्तो ‘विकास ऋणपत्र २०९०’ बिक्री खुला हुने उल्लेख गरेको छ। सरकारको ऋण व्यवस्थापन सार्वजनिक ऋण व्यवस्थापन कार्यालय गरिरहेको छ।

यो ऋणपत्रको ब्याजदर बोलकबोल विधिबाट तय हुनेछ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको वेबसाइट डिओएमएस डट जिओभी डट एनपीबाट आवेदन दिन सकिन्छ।

यसमा बैंक तथा वित्तीय संस्था लगातका विभिन्न संस्था सहित नेपाली नागरिकले पनि आवेदन दिन पाउँछन्।

बैंक तथा वित्तीय संस्थाहरूले ८५ प्रतिशत बराबर ऋणपत्रमा र १५ प्रतिशत ऋणपत्रमा सर्वसाधारण नेपालीले आवेदन दिनसक्छन्।

यो ऋणपत्रमा अर्धवार्षिक रूपमा ब्याज भुक्तानी हुनेछ भने यस्तो ऋणपत्र बैंकहरूमा धितोमा राखेर कर्जा समेत लिन सकिने व्यवस्था छ।

२०८१ फाल्गुन ६, मंगलवार १६:५९ प्रकाशित
ट्रेन्डिङ समाचार